अल्डरसटमा देखाइयो ऐतिहासिक गुरुङ चलचित्र ‘प्हजे गोरे’

लन्डन । ऐतिहासिक गुरुङ चलचित्र ‘प्हजे गोरे’ (बाजे गोरे) को प्रिमियर शो अल्डरसटमा सयौं दर्शकका साथ गरिएको छ । बेलायतका लागि नेपाली राजदूत महामहिम डा. दुर्गा बहादुर सुवेदीको 
प्रमुख आतिथ्यमा आइतबार एम्पायर हलमा रेड कार्पेट प्रिमियर शो भएको हो ।

फिल्म शो राजदूत डा. सुवेदी, राजदूत पत्नी पुनम राज्य लक्ष्मी सुवेदी, तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङ, तमुधिं यूके आमा समूहकी अध्यक्ष प्रेमा गुरुङ, तमु प्हेलु संघ यूके निवर्तमान अध्यक्ष सोम गुरुङ, साहित्यकार एवं गीतकार एकेन्द्र गुरुङ, काउन्सिलर लक्ष्य गुरुङ, फिल्मका निर्देशक गम ‘गोरे’ गुरुङ, निर्माताहरु दिल घले र श्री गुरुङले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरेका थिए । फिल्म प्रदर्शन शुरु हुनु अघि पाइपर धुनसहित प्रमुख अतिथी, अतिथीहरु र फिल्म निर्माण युनिटलाई हल प्रवेश गराइएको थियो ।

फिल्म हेर्न तमुधिं यूकेसहित गुरुङ संघ-संस्थाका प्रमुख प्रतिनिधि, अग्रजहरु, तमु दाजुभाइ दिदीबहिनी, समाजसेवी आदि गरि करिब ५ सयको सहभागिता थियो ।

गम ‘गोरे’ गुरुङको लेखन तथा निर्देशन रहेको उक्त चलचित्र जि फिल्मस् प्रालि पोखराको प्रस्तुतिमा बनेको हो । फिल्ममा तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङको समेत लगानी छ । फिल्मले गुरुङ संस्कार, संस्कृति, भेषभुषा, परम्परालाई अति सुक्ष्म र मार्मिक ढंगले प्रस्तुत गरेको छ । भेडीगोठ, सिकलेस गाउं र पोखराका दृश्यले उक्त फिल्म ऐतिहासिक बनेको दर्शक प्रतिक्रिया थियो ।

प्रिमियर शो भव्य भएकामा आयोजक जि फिल्मस् प्रालि पोखराले सबैप्रति आभार व्यक्त गरेको छ । फिल्म प्रदर्शन सफल बनाउन 
निर्देशक गम गोरे गुरुङ, निर्माताहरु गोरेसहित श्री गुरुङ, दिल घले र ज्ञाम गुरुङ, साहित्यकार, गीतकार एवं पूर्व प्रधानाध्यापक तथा तमुधिं यूके सल्लाहकार ऐकेन्द्र गुरुङ, बीरबहादुर गुरुङ, 
बीरबल तामाङ, उद्घोषक सूर्य गुरुङ, मिडियाकर्मी एभरेष्ट डट नेटका सबिन्द्र कुमार गुरुङ, पूर्ण गुरुङ, फोटोग्राफर मिलन तमु, दशरथ गुरुङ, गायक आरके गुरुङ, तारा श्रीस, तमुधिं युके, तमु फोरम यूके, तमु प्हेलु संघ यूके, चारभन्ज्याङ तमु समाज यूके, सिकलेस पार्चे समाज यूके र नेपाल परिवार, सहारा यूके लगायतले प्रत्यक्ष अप्रत्यक्ष सहयोग गरेका थिए ।

निर्माण पक्षले उक्त फिल्म अब छिट्टै अल्डरसट, स्वीन्डन, रिडिङ, लन्डन, प्लमस्टिड, केन्ट र ननिङटनमा प्रदर्शनी गरिने जनाएको छ । निर्देशक गम गोरे गुरुङको यसअघिका फिल्म ‘लाइफ इन द यूके’ र ‘मेजर पेन्सन खाउली’ चर्चित भएका थिए ।

आफ्नो कार्यकालमा गुरुङहरुको उद्गम धार्मिक र ऐतिहासिक स्थल क्होलासोथारको भ्रमणले जसरी तमुधिंलाई उचाईंमा पुरयायो, त्यसरी नै आफ्नो संस्कार, संस्कृति, भाषा, भेषभुषा संरक्षण गर्नु पर्दछ भन्ने मान्यतालाई ध्यानमा राखेर बनाइएको मौलिक गुरुङ फिल्म ‘प्हजे गोरे’ ले 
अर्को उचाईं थप्ने काम भएको तमुधिं यूके अध्यक्ष तथा फिल्म निर्माता ज्ञाम गुरुङले बताए ।

फिल्मलाई भविष्यमा नेपाली र 
अङ्ग्रेजीमा उल्था गर्ने सोच रहेको समेत उनले बताए । फिल्म विदेशमा समेत देखाइने निर्माण पक्षको योजना छ । फिल्मका गीत एकेन्द्र गुरुङले लेखेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री