काठमाडौं-नेपाली यू–१९ टोलीले आगामी भदौ अन्तिम साता भारतमा एक दिवसीय सिरिज खेल्ने भएको छ । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले यू–१९ एक दिवसीय सिरिजका लागि नेपालसहित अफगानिस्तानको यू–१९ टोलीलाई भारत बोलाएको हो ।
आगामी भदौ २४ देखि असोज ४ गतेसम्म हुने प्रतियोगितामा भारतकै यू १९ र नेशनल क्रिकेट एकेडेमी (एनसिए) को टोली पनि सहभागी हुनेछ ।
प्रतियोगितामा सहभागिता जनाउन बिसिसिआईले पत्र पठाएको राष्ट्रिय क्रिकेट टोली व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए । “निमन्त्रणा आएको छ, हामी छफफल गर्दैछौं, यसबारे अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) सँग पनि स्वीकृत लिनुपर्ने हुन्छ”, उनले भने ।
यू–१९ को केही खेलाडी राष्ट्रिय टोलीमा पनि रहेको र भर्खर नेदरल्याण्डसबाट फर्किएकाले यसबारे निर्णय गर्न एक दुई दिन लाग्ने उनको भनाइ छ । यता बिसिसिआईले भने खेल तालिकासमेत सार्वजनिक गरिसकेको छ । तालिकाअनुसार भदौ २७ गते इडेन गार्डेन्स कोलकातामा भारतविरुद्ध अफगानिस्तानले खेल्नेछ । सोही दिन जादभपुर युनिभर्सिटीमा एनसिएविरुद्ध नेपालले खेल्नेछ ।
त्यसैगरी भदौ २९ गते इडेन गार्डेन्समा भारतविरुद्ध नेपाल, सोही दिन जादभपुर युनिभर्सिटीमा एनसिएविरुद्ध अफगानिस्तान, भदौ ३१ गते इडेन गार्डेन्समा भारतविरुद्ध एनसिए, सोही दिन जादभपुर युनिभर्सिटीमा अफगानिस्तानविरुद्ध नेपालले प्रतिस्पर्धा गर्नेछन् ।
असोज २ गते इडेन गार्डेन्समा शीर्ष स्थानका दुई टोलीबीच फाइनल र सोही दिन जादभपुर युनिभर्सिटीमा तेस्रो र चौथो टोलीबीच प्ले अफ खेल हुनेछ ।
तमु धीं यूकेले थाल्यो ‘त ल्हो’ ल्होछार उत्सव-२०२५ को तयारी
चाम्सको नयाँ चलचित्र ‘सुम्निमा’ मा नवअभिनेत्री सोल गुरुङ
खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा