वारसा, पोल्याण्ड, १८ साउन – पोल्याण्डमा अप्रिलपछिको दुई महिनामा गर्मीबाट राहत पाउन नदी तथा तलाउमा पौडी खेल्ने क्रममा २५० जनाको मृत्यु भएको यहाँको प्रहरीले शुक्रबार जनाएको छ ।
पोल्याण्डका नागरिकको गर्मी समयमा डुबेर मर्ने बिषय नयाँ भने होइन । हरेक गृष्म ऋतुमा गर्मी समयमा तलाउ नजिक वनभोज तथा पारिवारिक जमघटका लागि जाने र भोजका क्रममा अत्यधिक मदीरा सेवन गरी पौडी खेल्ने क्रममा बर्षेनी सयौँ नागरिकको डुबेर मृत्यु हुने गरेको पोल्याण्डको प्रहरीका प्रवक्ता मार्जेना अजिन्स्काले एएएफपीसँग बताउनुभयो ।
यस बर्षको जुलाईमा मात्र ७५ जनाले ज्यान गुमाएका थिए भने यो महिना पनि १० जनाको मृत्यु भइसकेको उहाँले बताउनुभयो । मृतकमध्ये अधिकाँश ५० बर्ष माथिको उमेर समूहका नागरिक रहने गरेको प्रहरीले जनाएको छ । मृतकमध्ये ३१ देखि ५० वर्ष उमेर समूहका नागरिकको सङ्ख्या पनि धेरै नै रहने गरेको प्रहरीले जनाएको छ ।
गत बिहीबार पनि वनभोजमा अत्यधिक मदीरा सेवन गरी सुरक्षाकर्मीद्वारा निरीक्षण नपुग्ने तालको भित्रीक्षेत्रमा पौडी खेल्ने क्रममा दुई सहोदर दाजुभाईको मृत्यु भएको थियो । मृतकमध्ये एक जनालाई प्रहरीले तत्कालै उद्धार गर्न खोजे पनि उद्धार प्रयास विफल भएको थियो ।
पोडी खेल्ने क्रममा मृत्यु हुने महिलाको सङ्ख्या भने १५ प्रतिशतमात्र रहेको र डुबेर मृत्यु हुने अधिकांश स्थानहरू ताल तथा नदीका क्षेत्रहरू रहेको बताइएको छ ।
पोल्याण्डमा गत वर्ष पनि ताल तथा नदीमा डुबेर मृत्यु हुनेको सङ्ख्या ४४९ रहेको प्रहरीले बताएको छ ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त