काठमाडौं–एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु प्रतियोगिताको दोस्रो खेलमा नेपाल विजयी भएको छ । शुक्रबार नेदरल्याण्ड्समा भएको पहिलो एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपालले नेदरल्याण्डसमाथि १ रनको रोमाञ्चक जित निकालेको हो ।
एकदिवसीय राष्ट्रको मान्यता पाएको साढे चार महिनामा नेपालले हात पारेको यो जित एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको पहिलो जित समेत हो । जितसँगै नेपाल र नेदरल्याण्ड्सबीचको दुई खेलको एकदिवसीय सिरिज बराबरी भएको छ । यसअघि पहिलो खेलमा नेदरल्याण्डसले नेपालमाथि ५५ रनको जित निकालेको थियो ।
शुक्रबारको रोमान्चक खेलमा नेपालले अन्तिम बलमा जित हासिल गरेको थियो । टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ४८.५ ओभरमा अलआउट हुँदै २ सय १६ रन जोडेको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेदरल्याण्डसले निर्धारित ५० ओभरमा ९ विकेट क्षतिमा १ सय १५ रनमात्र जोड्न सक्यो ।
अन्तिम ओभरमा नेदरल्याण्डसलाई जितका लागि ६ रनको आवश्यकता थियो । नेपालका कप्तान पारस खड्काको सुरुवाती ५ बलमा नेदरल्याण्डसले ४ रन जोड्यो । अन्तिम बलमा जितका लागि २ रन चाहिएको अवस्थामा पारसले बराबरी समेत गर्न नदिइ नेदरल्याण्डसका क्लासनलाई रन आउट गरेपछि नेपालले रोमान्चक जित निकालेको हो ।
नेदरल्याण्डसका लागि बेस्ले बारेसीले सबैभन्दा बढी ७१ रन जोडे । दिपेन्द्रसिंह ऐरीको एल्बीडब्ल्युको शिकार हुनुअघि उनले ८ चौका प्रहार गरेका थिए । यस्तै, डेर ब्राकले ३९, कप्तान पिचर सिलारले २१ र बेन कपुरले १९ रन जोडे । अन्य कुनै पनि ब्याटसम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।
बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए भने ललित भण्डारीको नाममा २ विकेट रह्यो । यस्तै सोमपाल कामी, पारस खड्का, बसन्त रेग्मी र दिपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए ।
नेपालको ब्याटिङमा सोमपाल कामीले सर्वाधिक ७१ रन जोडे । उनले ५ चौका र ३ छक्का प्रहार गरेका थिए । यस्तै, पारसले ६ चौका र २ छक्काको मद्दतले ५१ रन जोडे । दीपेन्द्र सिंह ऐरी १९ रनमा रनआउट भए । सुवास खकुरेलले १९ र आरिफ शेखले १६ रन जोडे, अन्य कुनै पनि ब्याटसम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।
नेदरल्याण्डसका फ्रेडरिक ज्याक कालिसनले ३ विकेट लिए भने एमजेजी रिप्पोन र पिए सेल्लरले २-२ विकेट लिए । नेपालका सोमपाल कामी ‘म्यान अफ द म्याच’ घोषित भए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा