बुधबार, मंसिर १० २०७७ | Wed, November 25, 2020
नेपालको समय: ०७:३९ | UK Time: 01:54

ओलम्पिक गेम्समा नेपाली खेलाडीलाई जापानले सहयोग गर्ने

वीनेपाली
२०७५ साउन १८ गते १७:५८

काठमाडौं-जापानमा सन् २०२० मा हुने ओलम्पिक गेम्समा नेपाली खेलाडीलाई सहयोग गर्न जापानको फुकुसिमाको तामुरा सिटीले शुक्रबार नेपाल ओलम्पिक कमिटीसँग सम्झौता गरेको छ ।

नेपालका लागि जापानी राजदूत मासामिची साइगोको उपस्थितिमा तामुरा सिटीका तर्फबाट उपप्रमुख कावागौसी नाओयुकी र नेपाल ओलम्पिक कमिटीका तर्फबाट नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले हस्ताक्षर गर्नुभयो ।

सन् २०२० टोकियो ओलम्पिकमा नेपालबाट सहभागी हुने खेलाडीको प्री गेम्स ट्रेनिङ क्याम्पमा सहयोग गर्ने सम्झौतामा उल्लेख छ । तीनवर्षे सम्झौतामा नेपालका खेलाडीलाई प्रशिक्षणमा सो शहरले वार्षिक रु एक करोड सहयोग गर्नेछ ।

सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीमा भएको कार्यक्रममा तामुरा सिटीका उपप्रमुखको नेतृत्वमा पाँच सदस्यीय जापानी टोलीको सहभागिता  थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक