टोकियो, १८ साउन – जापानमा कामदारहरुको अत्यधिक अभाव हुदै गएको सरकारी निकायबाटै शुक्रबार घोषणा भएको छ ।
सरकारले सार्वजनिक गरेको बार्षिक श्वेतपत्रमा विगत दुई दशकदेखि मुलुकमा कामदारको अभाव हुदै गएको र त्यो क्रम पछिल्लो समयमा थप बढेको उल्लेख छ ।
जापानको मन्त्री परिषद्को कार्यालयद्वारा जारी स्वेतपत्रका अनुसार कतिपय उद्योगहरूले यातायात सेवा र निर्माण कार्यमा चाहिने कामदारहरूको अभावको समस्या झेलिरहेका छन् ।
कामदार घट्ने चुनौतिलाई सामना गर्नका लागि जापानले प्रविधिमा अझ बढी लगानी गर्न पनि स्वेतपत्रमा सुझाव दिइएको छ ।
“हामीले जनशक्तिको विकासका लागि लगानी गर्ने र चौथो औद्योगिक क्रान्तिका विषेशताहरूलाई लागु गर्ने विषय आफैमा गम्भीर अवस्थामा पुगेको छ,” स्वेतपत्रमा भनिएको छ ।
पछिल्ला केही दशकदेखि जनसंख्या घट्नेक्रम चलिरहेकाले त्यो समस्याबाट जापान प्रभावित भएको छ ।
गत सन् २०१६ मा हरेक एक हजारमा बार्षिक ७.६ प्रतिशतका दरले जन्मदर घटेको छ । यो दर सन् १८९९ पछिकै सवैभन्दा कम भएको अधिकारीहरूले बताएका छन् ।
जापानका प्रधानमन्त्री सिन्जे आवेले जनसंख्या न्यनुनिकरणलाई नियन्त्रण गर्न चाहेको बताउँदै त्यसका लागि चरण चरणका योजनाहरु बनाइएको पनि जानकारी दिनुभएको छ ।
जापानका घट्दै गरेको जनसंख्या र बढ्दो कामदारको मागलाई ध्यानमा राखेर विभिन्न नयाँ नीतिगत व्यवस्था गर्न पनि स्वेतपत्रमा सुझाव दिइएको छ ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी