लन्डन । तमु समाज युकेले लन्डन बरो अफ ब्रेन्ट काउन्सिलका नवनिर्वाचित क्याबिनेट सदस्यहरुसंग भेटघाट तथा स्वागत गरेको छ । वेम्लीस्थित तमु समाज युके नेपलिज कम्युनिटी सेन्टरमा २७ जुलाई २०१८ सांझ कार्यक्रम भएको हो ।
तमु समाज युकेका अध्यक्ष शिवचन्द्र गुरुङको सभापतित्वमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि लण्डन बरो अफ ब्रेन्टका काउन्सिल लिडर काउन्सिलर मोहमद बट, विशेष अतिथि ब्रेन्टका निवर्तमान मेयर काउन्सिलर भगवानजी चौहान र अन्य अतिथिहरु काउन्सिलर जेम्स अली, काउन्सिलर सकिब बट, काउन्सिलर त्रुप्ती संगानी, काउन्सिलर क्रुपा सेठ र काउन्सिलर थोमस स्टेफेन सहभागी थिए । उनीहरुलाई समाजका अध्यक्ष शिव चन्द्र गुरुङ, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, आमा समूहकी अध्यक्ष बिन्दु घले र पूर्व अध्यक्ष शिवशरण गुरुङले खादाले स्वागत गर्दै बधाई दिए ।
कार्यक्रममा निवर्तमान मेयर तथा काउन्सिलर भगवानजी चौहानकी धर्मपत्नी र काउन्सिलर त्रुप्ती संगानीका पति पनि उपस्थित थिए ।
कार्यक्रम सञ्चालन गर्दै महासचिव हर्क बहादुर गुरुङले हेल्थ एण्ड सेफ्टी सम्बन्धी जानकारी र अतिथिहरुको संक्षिप्त परिचय दिंदै समाजको तर्फबाट नव निर्वाचित काउन्सिलरहरुलाई सफल कार्यकालको शुभकामना सहित वधाई दिएका थिए ।
कार्यक्रममा तमु समाज युकेका उपाध्यक्ष शिव कुमार गुरुङले उपस्थित काउन्सिलरहरुलाई संस्थाको संक्षिप्त परिचय सहित तमु समाज युके नेपलिज कम्युनिटी सेन्टरको रिनोभेसन कार्य, सञ्चालन, ब्यवस्थापन र प्रयोगबारे श्रब्य चित्र र पावर पोइन्टमार्फत विस्तृत जानकारी दिए । कार्यक्रममा समाजका अध्यक्ष शिव चन्द्र गुरुङले धन्यवाद मन्तब्य राखेका थिए ।
कार्यक्रममा सहभागी हुन पाउंदा लण्डन बरो अफ ब्रेन्टका काउन्सिल लिडर कउन्सिलर मोहमद बट, निवर्तमान मेयर काउन्सिलर भगवानजी चौहान लगायत सबै अतिथि काउन्सिलरहरुले खुशी ब्यक्त गर्दै तमु समाज युकेप्रति आभार व्यक्त गरे ।
मन्तव्य राख्ने क्रममा अतिथिहरुले ब्रेन्ट काउन्सिलको कम्युनिटी ऐसेट ट्रान्सफर योजना अन्तर्गत समाजले प्राप्त गरेको कम्युनिटी सेन्टरको रिनोभेसन कार्य, यसको सञ्चालन, ब्यवस्थान र प्रयोगबाट अत्यन्त प्रभावित भएको उल्लेख गरे । उनीहरुले सेन्टरबाट समाजमात्र होइन, स्थानीय तथा अन्य नेपाली कम्युनिटीहरु लाभान्वित भएकामा खुशी व्यक्त गरेका थिए । सेन्टर सञ्चालनबाट आमजनमानस र समाजमा सकरात्मक प्रभाव परेको भन्दै अतिथीहरुले प्रशंसासहित समाजलाई वधाई तथा शुभकामना दिए ।
अतिथीहरुले यस प्रकारको उदाहरणीय कामलाई समाजले निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमको दोस्रो चरणमा समाज घरको भविष्यबारे लण्डन बरो अफ ब्रेन्ट काउन्सिल लिडर काउन्सिलर मोहमद बटसंग वार्ता भएको थियो । वार्तामा समाज घरको अर्को लिज थप्ने कुरामा बटले आश्वासन दिएका थिए ।
कार्यक्रमको अन्त्यमा सम्पूर्ण अतिथिगण तथा सहभागी रात्रीभोजमा सरिक भएका थिए । कार्यक्रमको फोटोग्राफी युवा समूहका अध्यक्ष ओमकार गुरुङ र खाना ब्यवस्थापन उपाध्यक्ष कन्य प्रसाद गुरुङ र पूर्ण घलेले गरेका थिए । कार्यक्रम सफल बनाउन उपाध्यक्ष शिवकुमार गुरुङ, समाज घरका म्यानेजर बाबुराम गुरुङ, सहायक म्यानेजर यमबहादुर गुरुङ र इमान घले साथै आमा समूह अध्यक्षले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]