वासिङटन, १५ साउन – उत्तर कोरियाले नयाँ लामो दूरीसम्म प्रहार गर्न सक्ने ब्यालेस्टिक क्षेप्यास्त्र विकास गरिरहेको अमेरिकी गुप्तचर निकायहरुले दाबी गरेका छन् ।
अमेरिकी अखबार वासिङ्टन पोस्टले अमेरिकी गुप्तचर निकायलाई उद्धृत गर्दै भूउपग्रहबाट हालैका साताहरुमा खिचिएका तस्वीरहरुका आधारमा उक्त नयाँ तथ्य बाहिर आएको जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत जुन १२ मा सिङ्गापुरमा भएको शिखर वार्तामा आणविक कार्यक्रम स्थगित गर्ने सहमति भएको थियो । तर प्योङयाङले सम्झौता विपरीत कम्तीमा एक वा दुई ओटा तरल–इन्धनयुक्त अन्तर–महादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र निर्माण गरेको देखिएको छ ।
गुप्तचर निकायका अधिकारीहरुले नाम नखुलाउने शर्तमा भने – ‘प्योङयाङ नजिकैको सानुमदोङमा क्षेप्यास्त्र निर्माणको काम भइरहेको देखिएको छ र यसबाट अमेरिकासम्म प्रहार गर्न सकिन्छ ।’
गत जुनमा सिङ्गापुरमा भएको शिखर सम्मेलनमा राष्ट्रपति ट्रम्पले “अबका दिनहरुमा प्योङयाङबाट आणविक खतरा रहेन” भन्दै आफ्नो कुटनीतिक सफलताको प्रचार गरेका थिए । तर कीमले मुलुकको आणविक र क्षेप्यास्त्र कार्यक्रम रद्द गर्ने सार्वजनिक प्रतिबद्धता व्यक्त गरेका थिएनन् ।
“हामीले काम भइरहेको देखेका छौं, विगतमा झैं,” गुप्तचर निकायका एक अधिकारीले अखबारलाई बताएका छन् ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी