
नेपाल, एमसीसी र नेदरल्यान्डबीच हुने टवान्टी टवान्टी त्रिकोणत्मक श्रृखला र एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न जाने क्रममा खेलाडीहरु । तस्बिर – रोशन सापकोटा/रासस
काठमाडौँ, १५ साउन – गत चैतमा जिम्बावेमा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन टुको उपविजेता बन्दै एक दिवसीय मान्यता पाएको नेपालले एक दिवसीय खेलमा बुधबार पहिलो खेल खेल्दैछ ।
नेपाली समयानुसार बुधबार दिउँसो २.४५ बजे नेदरल्याण्डस्थित भिआरए मैदान, आम्स्टरडममा नेपाल र नेदरल्याण्डबीच एक दिवसीय खेल हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
सन् १९८८ मा आइसिसीको सदस्य बनेको नेपालले सन् १९९६ मा एसोसिएट राष्ट्रको मान्यता तथा गत चैतमा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन टुको उपविजेता बन्दै एक दिवसीय मान्यता पाएको थियो ।
नेदरल्याण्डको निमन्त्रणामा त्यहाँ पुगेको नेपाली टोलीको नेतृत्व पारस खड्काले गरेका छन् । पारससँगै नेपाली टोलीमा इन्डिनय प्रिमियर लिग (आइपिएल) र टोली विश्व–११ मा समेत स्थान बनाइसकेका युवा स्टार सन्दिप लामिछानेसमेत सामेल छन् । त्यस्तै अनिलकुमार साह, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, शक्ति गौचन, शरद भेषवाकर, सोमपाल कामी, सुवास खकुरेल छन् ।
नेदरल्याण्डमा एक दिवसीय दुई खेल हुनेछन् । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)बाट एक दिवसीय मान्यता पाएयता खेल्न लागेको यो पहिलो अवसर हो । यसै अवसरलाई सदुपयोग गर्दै नेपाली बलर शक्ति गौचनले डेढ दशक लामो आफ्नो खेलयात्राबाट सन्यास लिँदैछन् ।
युरोप भ्रमणमा जानुअघि आयोजित पत्रकार सम्मेलनमा गौचनले नेपाली टोलीबाट एक दिवसीय खेल खेल्ने आफ्नो सपना पूरा भएको बताएका थिए ।
नेपालले पहिलो एक दिवसीय खेल खेल्न लागेको नेदरल्याण्ड नेपालभन्दा बढी अनुभवी छ । पछिल्लो पटक नेदरल्याण्डसँग नेपाल जिम्बावेमा मार्च २०१८ मा भएको विश्वकप छनोट ४५ रनले पराजित भएको थियो ।
यसअघि उक्त भिआरए मैदानमा पछिल्लो पटक नेदरल्याण्ड र स्कटल्याण्डबीच टी–२० खेल भएको उक्त खेलमा स्कटल्याण्ड विजयी भएको थियो ।
पिटर सिलार कप्तानीमा रहेको नेदरल्याण्ड टोलीमा वेस्ले बारेसी, बास डे लिडी, बेन कुपर, स्कट इडवार्ड्स, फ्रेड क्लासन, हिडे ओभरजिक स्टेफिन माइबुर्घ, पाउल भान मिकेरेन, म्याक्स ओडोड, हिडी ओभरजिक्स, मिचेल रिप्पोन, सेन स्टनर, ड्यानियल टेर ब्राक छन् ।
नेदरल्याण्ड जानुअघि नेपाली टोलीले इङ्ल्याण्डको लड्र्समा आयोजक मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) सँग टि–२० खेलेको थियो । वर्षाका कारण उक्त खेल पनि ६–६ ओभरमा छोट्याइएको थियो । जसमा नेपाल विजयी भएको थियो । नेदरल्याण्डसँगको खेल भने रद्द भएको थियो ।
नेपाल र नेदरल्याण्डबीच आम्स्टरडममा दोस्रो एक दिवसीय खेल यही साउन १८ गते हुनेछ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा