लण्डन । नखिपोट ब्याडमिन्टन संघ यूकेको आयोजनामा दोस्रो ब्याडमिन्टन प्रतियोगिता अल्डरसटमा शनिबार सम्पन्न भएको छ ।
सङ्घका संस्थापक अध्यक्ष कृष्ण पुन तथा संस्थापक सल्लाहकार नारायण कोन्मेबाट ब्याडमिन्टन प्रतियोगिता उद्घाटन गरिएको थियो । खेल संयोजक कुल राईले खेलाडीहरुलाई खेल सम्बधी नियमबारे जानकारी दिई कार्यक्रम संचालन गर्नु भएको थियो ।
बिहान १० बजे सुरु भई बेलुका ६ बजेसम्म खेल सन्चालन भएको थियो । पाँच इभेन्टमा खेलाइएको सो प्रतियोगितामा ५६ टिमले भाग लिएका थिए । विजयी खेलाडीहरुलाई बेलुका आठ बजेदेखि भेटघाट रेष्टुरेन्ट अल्डरसटमा आयोजित एक कार्यक्रममा पदक तथा पुरस्कार दिइयो ।
सङ्घका अध्यक्ष निर्मला थापाको अध्यक्षता र सचिव चन्द्र रानाको संचालनमा कार्यक्रम भएको थियो । कार्यक्रमका अतिथिहरुमा संस्थापक अध्यक्ष कृष्ण पुन, संस्थापक सल्लाहकार नारायण कोन्मे, सल्लाहकार कृष्ण गुरुङ, प्रेम गुरुङ र लाल थापा तथा विभिन्न क्लबका अध्यक्ष र प्रतिनिधिहरु थिए ।
प्रतियोगितामा मेन्स सिङलतर्फ नेत्र राना पहिलो र लोक थापा रनर अप, मेन्स डबल्सतर्फ सुवर्ण गुरुङ र अतीत गुरुङको जोडी पहिलो र नेत्र गुरुङ र लोक थापाको जोडी रनर अप भए । वुमन्स डबल्सतर्फ कमला लिम्बु र बुद्धिसरा सुनुवारको जोडी पहिलो र सालिजा लिम्बु र सरिता गुरुङको जोडी रनर अप भए ।
भेट्रान डबल्समा खेम लिम्बु र अजित राईको जोडी पहिलो तथा बिर्ख पुर्जा र दिल गर्बुजाको जोडी रनरअप भए । मिक्स डबल्समा सुबर्ण गुरुङ र बिमला लिम्बुको जोडी पहिलो तथा लोक थापा र सरिता गुरुङ रनर अप भए । प्रतियोगितामा बेष्ट योङ प्रोमिसिङ प्लेयरको उपाधि विवेक राईले पाए ।
कार्यक्रममा नेपालबाट आएका तीन पटक नेपाल च्याम्पियन खेलाडी बिकास श्रेष्ठलाई मायाको चिनोद्वारा सम्मान गरियो । श्रेष्ठले नेपालको ब्याडमिन्टनको अवस्थाबारे केही जानकारी गराउनु भएको थियो ।
अन्त्यमा संघकी अध्यक्ष निर्मला थापाले आर्थिक सहयोग गर्नु हुने सहयोगदाताहरु, खेलाडी तथा उपस्थित सबैलाई धन्यवाद दिई कार्यक्रम समापन गरिएको थियो ।
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित