लण्डन । नखिपोट ब्याडमिन्टन संघ यूकेको आयोजनामा दोस्रो ब्याडमिन्टन प्रतियोगिता अल्डरसटमा शनिबार सम्पन्न भएको छ ।
सङ्घका संस्थापक अध्यक्ष कृष्ण पुन तथा संस्थापक सल्लाहकार नारायण कोन्मेबाट ब्याडमिन्टन प्रतियोगिता उद्घाटन गरिएको थियो । खेल संयोजक कुल राईले खेलाडीहरुलाई खेल सम्बधी नियमबारे जानकारी दिई कार्यक्रम संचालन गर्नु भएको थियो ।
बिहान १० बजे सुरु भई बेलुका ६ बजेसम्म खेल सन्चालन भएको थियो । पाँच इभेन्टमा खेलाइएको सो प्रतियोगितामा ५६ टिमले भाग लिएका थिए । विजयी खेलाडीहरुलाई बेलुका आठ बजेदेखि भेटघाट रेष्टुरेन्ट अल्डरसटमा आयोजित एक कार्यक्रममा पदक तथा पुरस्कार दिइयो ।
सङ्घका अध्यक्ष निर्मला थापाको अध्यक्षता र सचिव चन्द्र रानाको संचालनमा कार्यक्रम भएको थियो । कार्यक्रमका अतिथिहरुमा संस्थापक अध्यक्ष कृष्ण पुन, संस्थापक सल्लाहकार नारायण कोन्मे, सल्लाहकार कृष्ण गुरुङ, प्रेम गुरुङ र लाल थापा तथा विभिन्न क्लबका अध्यक्ष र प्रतिनिधिहरु थिए ।
प्रतियोगितामा मेन्स सिङलतर्फ नेत्र राना पहिलो र लोक थापा रनर अप, मेन्स डबल्सतर्फ सुवर्ण गुरुङ र अतीत गुरुङको जोडी पहिलो र नेत्र गुरुङ र लोक थापाको जोडी रनर अप भए । वुमन्स डबल्सतर्फ कमला लिम्बु र बुद्धिसरा सुनुवारको जोडी पहिलो र सालिजा लिम्बु र सरिता गुरुङको जोडी रनर अप भए ।
भेट्रान डबल्समा खेम लिम्बु र अजित राईको जोडी पहिलो तथा बिर्ख पुर्जा र दिल गर्बुजाको जोडी रनरअप भए । मिक्स डबल्समा सुबर्ण गुरुङ र बिमला लिम्बुको जोडी पहिलो तथा लोक थापा र सरिता गुरुङ रनर अप भए । प्रतियोगितामा बेष्ट योङ प्रोमिसिङ प्लेयरको उपाधि विवेक राईले पाए ।
कार्यक्रममा नेपालबाट आएका तीन पटक नेपाल च्याम्पियन खेलाडी बिकास श्रेष्ठलाई मायाको चिनोद्वारा सम्मान गरियो । श्रेष्ठले नेपालको ब्याडमिन्टनको अवस्थाबारे केही जानकारी गराउनु भएको थियो ।
अन्त्यमा संघकी अध्यक्ष निर्मला थापाले आर्थिक सहयोग गर्नु हुने सहयोगदाताहरु, खेलाडी तथा उपस्थित सबैलाई धन्यवाद दिई कार्यक्रम समापन गरिएको थियो ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण