त्रिपोली, ७ साउन – विश्वका प्रमुख देशका विदेश मन्त्रीहरू अहिले रणनीतिक र अर्थपूर्ण वैदेशिक भ्रमणमा निस्किएका छन् ।
फ्रान्सका विदेशमन्त्री लिबिया, रुसका विदेशमन्त्री इजरायल र बेलायतका विदेशमन्त्री चीन जाँदै हुनुहुन्छ ।
फ्रान्सका विदेशमन्त्री जेन भेज लि ड्रिअन लिबियाको त्रिपोली पुग्नु भएको एएफपी समाचार संस्थाले जनाएको छ ।
लिबियामा हुन लागेको निर्वाचनको सन्दर्भलाई लिएर ड्रिअन त्रिपोली पुग्नु भएको समाचारमा उल्लेख छ । उहाँले लिबियाका शीर्ष नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुहुनेछ ।
त्यसैगरी रुसका विदेश मन्त्री सेर्गेइ लाभरोभले आफ्नो देशका सेना प्रमुखलाई लिएर सोमबार इजरायल जानुभएको छ ।
छिमेकी मुलुक सिरियामा भइरहेको द्वन्द्वका बारेमा छलफल गर्न उहाँ इजरायल जानु भएको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले जानकारी दिनुभएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आग्रहमा उहाँको भ्रमण भएको प्रधानमन्त्री नेतान्याहुले बताउनुभएको छ ।
यता बेलायतका नवनियुक्त विदेशमन्त्री जेरेमी हन्ट पनि औपचारिक भ्रमणका लागि चीन जान लाग्नुभएको छ ।
यही जुलाई ३० तारिखका दिन उहाँ चीन भ्रमणमा आउन लाग्नुभएको बेलायती उच्च अधिकारीहरूले जानकारी दिएका छन् ।
चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा हन्ट चीन आउन लाग्नु भएको सोमबार जानकारी दिइएको छ ।
विश्व राजनीतिमा प्रभाव पार्ने मुख्य देशका विदेश मन्त्रीहरूको रणनीतिक अर्थ राख्ने देशहरूमा भइरहेको भ्रमणलाई महत्वका साथ हेरिएको छ ।
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने