त्रिपोली, ७ साउन – विश्वका प्रमुख देशका विदेश मन्त्रीहरू अहिले रणनीतिक र अर्थपूर्ण वैदेशिक भ्रमणमा निस्किएका छन् ।
फ्रान्सका विदेशमन्त्री लिबिया, रुसका विदेशमन्त्री इजरायल र बेलायतका विदेशमन्त्री चीन जाँदै हुनुहुन्छ ।
फ्रान्सका विदेशमन्त्री जेन भेज लि ड्रिअन लिबियाको त्रिपोली पुग्नु भएको एएफपी समाचार संस्थाले जनाएको छ ।
लिबियामा हुन लागेको निर्वाचनको सन्दर्भलाई लिएर ड्रिअन त्रिपोली पुग्नु भएको समाचारमा उल्लेख छ । उहाँले लिबियाका शीर्ष नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुहुनेछ ।
त्यसैगरी रुसका विदेश मन्त्री सेर्गेइ लाभरोभले आफ्नो देशका सेना प्रमुखलाई लिएर सोमबार इजरायल जानुभएको छ ।
छिमेकी मुलुक सिरियामा भइरहेको द्वन्द्वका बारेमा छलफल गर्न उहाँ इजरायल जानु भएको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले जानकारी दिनुभएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आग्रहमा उहाँको भ्रमण भएको प्रधानमन्त्री नेतान्याहुले बताउनुभएको छ ।
यता बेलायतका नवनियुक्त विदेशमन्त्री जेरेमी हन्ट पनि औपचारिक भ्रमणका लागि चीन जान लाग्नुभएको छ ।
यही जुलाई ३० तारिखका दिन उहाँ चीन भ्रमणमा आउन लाग्नुभएको बेलायती उच्च अधिकारीहरूले जानकारी दिएका छन् ।
चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा हन्ट चीन आउन लाग्नु भएको सोमबार जानकारी दिइएको छ ।
विश्व राजनीतिमा प्रभाव पार्ने मुख्य देशका विदेश मन्त्रीहरूको रणनीतिक अर्थ राख्ने देशहरूमा भइरहेको भ्रमणलाई महत्वका साथ हेरिएको छ ।
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन
थारु कल्याणकारिणी सभा यूकेले दोस्रो माघी महोत्सव मनाउने
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन