वासिङटन, ७ साउन – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको वार्तापछि भएको प्रगतिबाट आफू “अत्यन्त खुशी” भएको बताउनुभएको छ ।
अवस्था जे जसरी अगाडि बढीरहेको छ, त्यसले आफूलाई सन्तुष्ट पनि बनाएको राष्ट्रपति ट्रम्पले सोमबार बताउनुभयो ।
“नौ महिनासम्म उत्तर कोरियाले एउटा पनि प्रक्षेपण गरेको छैन, न त कुनै परमाणु परीक्षण नै गरेको छ,” ट्रम्पले भन्नुभयो । उहाँले उत्तर कोरियाको पछिल्लो भूमिकाबाट विषेश गरेर जापानमा बढी खुशीयाली छाएको र पूरै एसिया नै खुशी भएको बताउनुभयो ।
तर भ्रामक समाचारले भने आफूलाई सताइरहेको ट्रम्पको भनाई छ । आफूलाई सोध्दै नसोधी वा आफूसँग कुनै कुरै नगरी अस्पष्ट स्रोतलाई उल्लेख गर्दै आएका समाचारले आफूलाई रिस उठाउने गरेको उहाँले जानकारी दिनुभयो ।
“त्यो गलत हो, म भने अत्यन्त खुशी छु” उहाँले पत्रकारहरूसँग सोमबार संक्षिप्त कुराकानीका क्रममा भन्नुभयो ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन