
सोल, ६ साउन – उत्तर र दक्षिण कोरियाबीच रेलसेवा सञ्चालनको प्रक्रिया शुरु हुने भएको छ । यस विषयमा उत्तर र दक्षिण कोरियाका अधिकारीबीच छलफल हुने भएको छ ।
रेल सेवा सञ्चालन गरी त्यो सेवा दुवै कोरियाको बाटो भएर कुद्नेगरी प्रक्रिया अघि बढाइने अनुमान गरिएको छ ।
यी दुवै कोरियालाई रेल सेवाले जोड्ने र आगामी दिनमा संयुक्तरुपमा आधुनिक रेल सेवा सञ्चालन गर्ने विषयमा गत महिना पनि दुवै देशका अधिकारीबीच छलफल भएको थियो ।
दक्षिण कोरियाली भू–भागमा पर्ने दुवै कोरियाको सीमा गाउँ पानुमजोममा अवस्थित ‘पिस हाउस’मा अर्को हप्ता यस विषयको बैठक बस्ने भएको सोलबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।
यस बैठकमा दुई कोरियाको पूर्वी र पश्चिमी क्षेत्रबाट रेलसेवा सञ्चालन गर्ने र कम्तीमा पनि दुवै देशको भू–भाग भएर जोड्ने विषयमा कुराकानी हुने बताइएको छ ।
यो प्रयासका बारेमा यी देशबीच गत महिना पहिलो पटक यसरी वार्ता भएको हो । त्यसै बैठकको सहमति बमोजिम आगामी हप्ता दुवै देशको संयुक्त बैठक बस्न लागेको हो ।
यस बैठकमा उत्तर कोरियाको रेल सेवालाई आधुनिकीकरण गर्ने विषयमा पनि आवश्यक छलफल गरिने बताइएको छ ।
गत महिना भएको यसै विषयको बैठकमा दुवै देशको रेलसेवा मन्त्रालयका उपमन्त्रीको नेतृत्वमा उत्तर र दक्षिण कोरियाका तीन÷तीन जना सदस्य सहभागी भएका थिए ।
उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनबीच दुई पटक भेटवार्ताका साथै शान्ति सम्झौता पनि भएको छ । त्यस्तै अमेरिका र उत्तर कोरियाबीच पनि यही गत जुन १२ मा सिङ्गापुरमा ऐतिहासिक शिखर वार्ता भएको छ ।
सो वार्तापछि उत्तर कोरियाले निशस्त्रीकरण अपनाउने प्रतिबद्धता व्यक्त गरेको छ । हाल उत्तर कोरियासँग अमेरिका, राष्ट्रसंघ र दक्षिण कोरिया केही नरम भएका छन् ।
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते