काठमाडौँ, ५ साउन – चीनसँग नेपालको निर्यात व्यापार सन्तोषजनक देखिएको छ । जुन अन्यदेशको तुलनामा उल्लेखनीय हो ।
नेपाल राष्ट्र बैंक, अनुसन्धान विभागले आर्थिक वर्ष ०७४-७५ को ११ महिनाको अवधिमा तयार पारेको तथ्यांकमा चीनतर्फ ९१ दशमलव शून्य छ प्रतिशत वस्तु निर्यात भएको उल्लेख छ ।
कूल वस्तु निर्यात १० दशमलव शून्य चार प्रतिशतले वृद्धि भई रु ७४ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात आठ दशमलव शून्य तीन प्रतिशतले वृद्धि भएको थियो ।
भारततर्फ आठ दशमलव सात प्रतिशत, चीनतर्फ ९१.६ प्रतिशत र अन्य मुलुकतर्फ आठ दशमलव एक प्रतिशतले निर्यात बढेको छ ।
अलैंची, पोलिष्टर यार्न, जुटको बोरा, धागो, जस्तापाता लगायतका वस्तुको निर्यात बढेको छ, भने जिआइ पाइप, जुटको रस्सी, जुस, उनी गलैँचा, पश्मिना, लगायतका वस्तुको निर्यात घटेको छ ।
सोही अवधिमा आयात भने २३ दशमल शून्य पाँच प्रतिशतले वृद्धि भई रु ११ खर्ब सात अर्ब ३५ करोड पुगेको छ । वस्तु आयातमा भारतबाट २५ प्रतिशत, चीनबाट २५ दशमलव शून्य तीन प्रतिशत र अन्य मुलुकबाट १८ दशमलव एक प्रतिशतले बढेको छ ।
मुख्यगरी पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपूर्जा, अन्य मेसिनरी तथा पार्टपूर्जा, एमएस विलेट, सिमेन्ट, लगायतका वस्तुको आयात उच्चदरमा बढेको छ ।
त्यसैगरी कृषि औजार तथा पार्टपूर्जा, हवाईजहाजका पार्टपूर्जा, सेनिटरीवेयर्स, सानो अलैंची, जिङ इनगोट, लगायतका वस्तुको आयात घटेको छ । समीक्षा अवधिमा कूल वस्तु व्यापार घाटा २४ दशमलव ६ प्रतिशतले विस्तार भई रु १० खर्ब ३३ अर्ब चार करोड पुगेको छ ।
समीक्षा अवधिमा निर्यात–आयात अनुपात ६ दशमलब शून्य चार प्रतिशत कायम भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ७ दशमलव शून्य पाँच प्रतिशत रहेको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ