दक्षिण कोरियाली पूर्वराष्ट्रपतिलाई ३२ वर्षको जेल सजाय

सोल, ४ साउन – दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्क गेउन हाइलाई थप आठ वर्ष जेल सजाय सुनाइएको छ ।

सोलस्थित एक अदालतले शुक्रबार उहँलाई यसअघि दिइएको सजायमा आठ वर्ष थपिएको हो । उहाँले गरेको भनिएको भ्रष्टाचारको अनुसन्धानका क्रममा यो सजाय थपिएको हो ।

यसअघि नै उहाँलाई २४ वर्षको जेल सजाय भएको थियो । उहाँमाथि लागेको भ्रष्टाचारसम्बन्धी मुद्दामा गत महिनामात्र २४ वर्ष जेल र एक करोड ७० लाख अमेरिकी डलर बराबरको जरीवनाको सजाय सुनाइएको थियो ।

दक्षिण कोरियाको राजधानी सोलस्थित एक अदालतका अनुसार उहाँले अब ३२ वर्षको लामो जेल सजाय व्यहोर्नुपर्ने भएको छ । पूर्वराष्ट्रपति हाई थुनामै रहनुभएको छ ।

सन् २०१७ को मार्च महिनामा भ्रष्टाचारको आरोपमा उहाँलाई नियन्त्रणमा लिइएको थियो । त्यसयतादेखि नै उहाँ थुनामै रहँदै आउनुभएको छ ।

उहाँले गरेको भ्रष्टाचारको प्रकृतिअनुसार उहाँलाई कम्तीमा पनि ३० वर्षको जेल सजायको माग यसअघि नै सरकारी वकिलले गरेका थिए ।

६६ वर्षकी पार्क दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपति हुनुभएको थियो । उहाँमाथि राष्ट्रपति पद्मा रहँदा शक्तिको दुरुपयोग गरेको आरोप लागेको हो ।

भ्रष्टाचारको संलग्नता यहाँको प्रारम्भिक अदालतले प्रमाणित गरेपछि उहाँलाई संसदमा महाअभियोग लगाएर बर्खास्त गरिएको थियो ।

दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपति उहाँ यसरी महाअभियोग लगाएर निकालिएको पनि यस देशको पहिलो राष्ट्रपति नै हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री