
सिरियाली सैनिक सिरियाको झण्डा फहराउंदै डारा प्रान्तको तल अल हराहमा । सरकारले तल अल हराहलाई आफ्नो नियन्त्रणमा लिएको छ । तस्विर- सिन्हवा
अम्मान, ४ साउन – सात वर्षभन्दा लामो समयदेखि हिंसा जारी रहेको सिरियाको दक्षिणी क्षेत्रमा भएको द्वन्द्वका कारण नागरिक विस्थापित हुने क्रम झनै बढेको छ ।
उक्त द्वन्द्वका कारण सो क्षेत्रबाट गएका केही महिनायता मात्र पनि दुई लाख ७० हजार जना विस्थापित भएका छन् ।
उक्त दक्षिणी क्षेत्र बढी मात्रामा हिंसाको चपेटामा परेको बताइएको छ । गएको करिब तीन महिनायता यहाँबाट विस्थापितहरूको सङ्ख्या बढ्दै गएर करीब तीन लाख पुगेको संयुक्त राष्ट्रसंघीय निकायले शुक्रबार जनाएको छ ।
“दक्षिणी सिरियामा भएको लडाईका कारण विस्थापित हुनेहरूको संख्या झण्डै तीन लाख पुगेको छ र अनुमान गरिएभन्दा त्यो बढी पनि हुनसक्छ,” अम्मानस्थित राष्ट्रसंघीय निकाय यूएनएचसीआरका प्रवक्ता मोहम्मद हवारीले भन्नुभयो ।
त्यहाँ जारी रहेको क्रुरतापूर्वक हवाई तथा स्थल आक्रमणबाट स्थानीय बासिन्दा निकै त्रसित भएका छन् ।
विद्रोहीहरूको नियन्त्रणमा रहेको दक्षिणी सिरियाको डारा प्रान्तमा सरकारी सुरक्षाकर्मीहरूले आक्रमण गरेपछि द्वन्द्व फेरि बल्झिएको हो ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी