वासिङटन, ४ साउन – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई अमेरिका भ्रमणका लागि आमन्त्रण गरिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति पुटिनलाई अमेरिकामा स्वागत गर्न आफू आतुर रहेको बताउनुभएको हो । उहाँले हालैको भेटका क्रममा राष्ट्रपति पुटिनलाई आमन्त्रण गरेको खुलासा भएको हो ।
आगामी शरद ऋतुमा अमेरिकाको भ्रमण गर्न राष्ट्रपति पुटिनलाई निम्तो दिइएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका अधिकारीहरूले बताएका छन् ।
ह्वाइट हाउसका अधिकारीहरुले राष्ट्रपति ट्रम्पले पुटिनलाई आमन्त्रण गरेकोले तयारी पनि थालिएको जनाएका हुन् ।
दुई राष्ट्रपतिहरुबीच हालैमात्र फिनल्याण्डको राजधानी हेल्सिन्कीमा भेटवार्ता भएको थियो । उक्त वार्तालाई लिएर विवादहरु पनि चर्किएको थियो । तर सो भेटवार्तालाई कतिपयले भने उपलिब्धमूलक भनेका छन् ।
पुटिनलाई अमेरिका भ्रमणको निम्तो दिइएको समाचार विषयमा रुसको प्रतिक्रिया भने आइसकेको छैन ।
केही समयमात्र अघि पनि अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी नागरिकहरूलाई रुसले सोधपुछ गर्न पाउनुपर्ने भनी उक्त हेल्सिन्की बैठकका क्रममा रुसी राष्ट्रपति पुटिनले राखेको प्रस्ताव अस्वीकार गर्नुभएको बताइएको थियो ।
दुई राष्ट्रपति ट्रम्प र पुटिनबीच सोमबार भएको उक्त शिखर बैठकमा यी धेरै विषयमा कुराकानी भएको थियो । ती सबै विषय बाहिर जानकारीमा अझै नआएको बताउने गरिएको छ ।
हेल्सिन्की बैठकपछि त्यहीँ आयोजना गरिएको पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति ट्रम्पले रुसको विषयमा आलोचनात्मक अभिव्यक्ति दिनुभएको थियो ।
त्यस विषयमा यी दुई राष्ट्र प्रमुखबीचको विवाद बाहिरै देखिएको थियो । तर पछि भने ट्रम्पले उक्त शिखर बैठक सफल भएको प्रतिक्रिया दिनुभएको थियो ।
यसरी भ्रमणका क्रममा पनि विवाद समाधान नभएर बाहिर आएको बेला अमेरिकी राष्ट्रपति ट्रम्पले रुसी राष्ट्रपति पुटिनलाई अमेरिका भ्रमणको निम्तो दिएबाट अमेरिकी अधिकारीहरुमा भने आश्चर्य छाएको छ ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?