वासिङटन, ४ साउन – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई अमेरिका भ्रमणका लागि आमन्त्रण गरिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति पुटिनलाई अमेरिकामा स्वागत गर्न आफू आतुर रहेको बताउनुभएको हो । उहाँले हालैको भेटका क्रममा राष्ट्रपति पुटिनलाई आमन्त्रण गरेको खुलासा भएको हो ।
आगामी शरद ऋतुमा अमेरिकाको भ्रमण गर्न राष्ट्रपति पुटिनलाई निम्तो दिइएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका अधिकारीहरूले बताएका छन् ।
ह्वाइट हाउसका अधिकारीहरुले राष्ट्रपति ट्रम्पले पुटिनलाई आमन्त्रण गरेकोले तयारी पनि थालिएको जनाएका हुन् ।
दुई राष्ट्रपतिहरुबीच हालैमात्र फिनल्याण्डको राजधानी हेल्सिन्कीमा भेटवार्ता भएको थियो । उक्त वार्तालाई लिएर विवादहरु पनि चर्किएको थियो । तर सो भेटवार्तालाई कतिपयले भने उपलिब्धमूलक भनेका छन् ।
पुटिनलाई अमेरिका भ्रमणको निम्तो दिइएको समाचार विषयमा रुसको प्रतिक्रिया भने आइसकेको छैन ।
केही समयमात्र अघि पनि अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी नागरिकहरूलाई रुसले सोधपुछ गर्न पाउनुपर्ने भनी उक्त हेल्सिन्की बैठकका क्रममा रुसी राष्ट्रपति पुटिनले राखेको प्रस्ताव अस्वीकार गर्नुभएको बताइएको थियो ।
दुई राष्ट्रपति ट्रम्प र पुटिनबीच सोमबार भएको उक्त शिखर बैठकमा यी धेरै विषयमा कुराकानी भएको थियो । ती सबै विषय बाहिर जानकारीमा अझै नआएको बताउने गरिएको छ ।
हेल्सिन्की बैठकपछि त्यहीँ आयोजना गरिएको पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति ट्रम्पले रुसको विषयमा आलोचनात्मक अभिव्यक्ति दिनुभएको थियो ।
त्यस विषयमा यी दुई राष्ट्र प्रमुखबीचको विवाद बाहिरै देखिएको थियो । तर पछि भने ट्रम्पले उक्त शिखर बैठक सफल भएको प्रतिक्रिया दिनुभएको थियो ।
यसरी भ्रमणका क्रममा पनि विवाद समाधान नभएर बाहिर आएको बेला अमेरिकी राष्ट्रपति ट्रम्पले रुसी राष्ट्रपति पुटिनलाई अमेरिका भ्रमणको निम्तो दिएबाट अमेरिकी अधिकारीहरुमा भने आश्चर्य छाएको छ ।
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग