जाकार्ता, २ साउन – इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले उत्तर कोरियाका नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनलाई आफ्नो देशमा नियन्त्रणा गर्नुभएको छ ।
आउँदो महिना हुने एसियन खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा आतिथ्यता ग्रहण गर्न उहाँले दुई कोरियाका दुई शीर्ष नेतालाई निमन्त्रणा गर्नुभएको हो ।
प्रतियोगितामा दुवै देशले सँगै सहभागिता जनाउने सहमति भइसकेकाले राष्ट्रपति विडोडोले किम र मुनलाई निमन्त्रणा गर्नुभएको इन्डोनेसियाका उच्च अधिकारीहरूले जनाएका छन् ।
विश्वमा शान्तिपूर्ण वातावरण फैलाउनका लागि सो कार्यक्रम एउटा महत्वपूर्ण सहयोगी अवसर हुनसक्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा दुई कोरियाका शीर्ष नेताद्वय किम र मुन सहभागी भए विश्वको ध्यान खिचिने छ ।
एसियन खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा झण्डै २६ देशका प्रमुख आउने संभावना रहेको बताइएको छ ।
उद्घाटन समारोहका लागि दुई लाख सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरिएको इन्डोनेसियाको प्रहरीका राष्ट्रिय प्रमुख टिटो कार्नाभिआनले जानकारी दिनुभएको छ ।
प्रतियोगितामा झण्डै ४५ देशबाट नेता, खेलाडी, प्रतिनिधिलगायत सहभागी हुने अपेक्षा आयोजक राष्ट्र इन्डोनेसियाले गरेको छ । प्रतियोगिताअन्तर्गत विभिन्न ४० वटा खेल हुनेछन् ।
आउँदो अगस्ट १८ देखि सेप्टेम्बर २ तारिखसम्म हुन लागेको प्रतियोगिता १८औँ संस्करण हो ।
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
एनआरएनएका श्रेष्ठ र केसी समूहबीच बृहत् एकता, ६ महिनाभित्र महाधिवेशन गरिने
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता