
नेपाल, एमसीसी र नेदरल्यान्डबीच हुने टवान्टी टवान्टी त्रिकोणत्मक श्रृखला र एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न जाने खेलाडी । तस्बिर – रोशन सापकोटा/रासस
लण्डन -बेलायतको लर्ड्समा एमसीसी, नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक श्रृखंला र नेदरल्यान्ड्सविरुद्ध हुने एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न आउने नेपाली क्रिकेट टोलीलाई बुधबार विदाई गरिएको छ ।
युवा तथा खेलकुदमन्त्री जगत (सुनार) विश्वकर्माले टोलीलाई सफलताको शुभकामना दिँदै विदाई गरेका हुन् ।
त्रिकोणात्मक श्रृखंला जुलाई २९ मा लर्डस् मैदानमा आयोजना हुनेछ । त्यसपछि नेपाल र नेदरल्यान्ड्सबीचको एक दिवसीय क्रिकेट अगस्ट १ र ३ तारिखमा हुनेछ । त्यस्तै बेलायतमा नेपाली टोलीले चार अभ्यास खेलसमेत खेल्नेछ ।
नेपाली टोलीमा कप्तान पारस खड्कासहित उपकप्तान ज्ञानेन्द्र मल्ल, अनिलकुमार साह, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललित भण्डारी, सन्दिप लामिछाने, शक्तिप्रसाद गौचन, शरद भेषवाकर, सोमपाल कामी, ललित नारायण राजवंशी, मोहम्मद आरिफ शेख, सुवास खकुरेल र रोहतिकुमार पौडेल छन् ।
शक्ति गौचनले सन्यास लिने
राष्ट्रिय क्रिकेट टोलीका सदस्य शक्ति गौचनले नेदरल्यान्ड्ससँगको खेलपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट आफू सन्यास लिने घोषणा गरेका छन् ।
राष्ट्रिय टोलीका भेट्रान खेलाडी गौचनले नेदरल्यान्डसँग हुने पहिलो एक दिवसीय श्रृङ्खला नै आफ्नो अन्तिम खेल हुने बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बताए । नेपाली क्रिकेट टोली बिहीबार काठमाडौंबाट बेलायत प्रस्थान गर्नेछ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता