मस्को, ३२ असार – रुसको मस्कोमा भएको फिफा विश्वकप फुटबल प्रतियोगिताको विजेता फ्रान्सको फूटबल टोलीलाई स्वदेशमा भव्य स्वागतको तयारी भएको छ ।
फूटबल प्रेमी, सरकार र प्रायः सबै सर्वसाधारणले मस्कोबाट विश्वकर्फ जितेर फर्किन लागेका फूटबल खेलाडीको भव्य स्वागतको तयारी भइरहेको सञ्चार माध्यमहरुले जानकारी दिएका छन् ।
फ्रान्सले योसहित दोस्रो पटक विश्वकपको उपाधि हासिल गर्न सफल भएको हो । यस अघि राजधानी पेरिसमा १९९८ मा भएको विश्वकपमा फ्रान्सले पहिलो पटक विश्वकपको उपाधि उचालेको थियो ।
यस पटकको फाइनल खेलमा फ्रान्सले क्रोएसियालाई २ का विरुद्ध ४ गोलले पराजित गरेको थियो ।
क्रोएसियाले उपाधि नजिते पनि फाइनलसम्मको यात्रा हालसम्मकै उसको ठूलो सफलता हो । करिब ४१ लाख जनसंख्या भएको मुलुकले फुटबलमा गरेको प्रगतिको विषयमा विश्वमा व्यापक चर्चा चलेको छ ।
साथै विश्वकपको समापन समारोहमा क्रोएसियाकी राष्ट्रपति कोलिन्डा ग्राबर कितारोभिकले आफ्ना खेलाडी प्रति दर्शाएको प्रेमको पनि धेरैको मन जितेको छ ।
उहाँले दोस्रो भएर बाहिरिनु परेकोमा दुःख व्यक्त गर्दै रोएको र खेलाडीहरुलाई प्रेमपूर्वक सान्त्वना दिएको दृश्य अविश्मरणीय मानिएको छ ।
रुसमा गत एक महिना चलेको २१ औँ संस्करणको विश्वकप फूटबल प्रतियोगिता हिजोबाट सकिएको छ भने २२औँ संस्करण सन् २०२२ मा कतारमा हुने तय भएको छ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने