मस्को, ३२ असार – रुसको मस्कोमा भएको फिफा विश्वकप फुटबल प्रतियोगिताको विजेता फ्रान्सको फूटबल टोलीलाई स्वदेशमा भव्य स्वागतको तयारी भएको छ ।
फूटबल प्रेमी, सरकार र प्रायः सबै सर्वसाधारणले मस्कोबाट विश्वकर्फ जितेर फर्किन लागेका फूटबल खेलाडीको भव्य स्वागतको तयारी भइरहेको सञ्चार माध्यमहरुले जानकारी दिएका छन् ।
फ्रान्सले योसहित दोस्रो पटक विश्वकपको उपाधि हासिल गर्न सफल भएको हो । यस अघि राजधानी पेरिसमा १९९८ मा भएको विश्वकपमा फ्रान्सले पहिलो पटक विश्वकपको उपाधि उचालेको थियो ।
यस पटकको फाइनल खेलमा फ्रान्सले क्रोएसियालाई २ का विरुद्ध ४ गोलले पराजित गरेको थियो ।
क्रोएसियाले उपाधि नजिते पनि फाइनलसम्मको यात्रा हालसम्मकै उसको ठूलो सफलता हो । करिब ४१ लाख जनसंख्या भएको मुलुकले फुटबलमा गरेको प्रगतिको विषयमा विश्वमा व्यापक चर्चा चलेको छ ।
साथै विश्वकपको समापन समारोहमा क्रोएसियाकी राष्ट्रपति कोलिन्डा ग्राबर कितारोभिकले आफ्ना खेलाडी प्रति दर्शाएको प्रेमको पनि धेरैको मन जितेको छ ।
उहाँले दोस्रो भएर बाहिरिनु परेकोमा दुःख व्यक्त गर्दै रोएको र खेलाडीहरुलाई प्रेमपूर्वक सान्त्वना दिएको दृश्य अविश्मरणीय मानिएको छ ।
रुसमा गत एक महिना चलेको २१ औँ संस्करणको विश्वकप फूटबल प्रतियोगिता हिजोबाट सकिएको छ भने २२औँ संस्करण सन् २०२२ मा कतारमा हुने तय भएको छ ।
तमु धीं यूकेले थाल्यो ‘त ल्हो’ ल्होछार उत्सव-२०२५ को तयारी
चाम्सको नयाँ चलचित्र ‘सुम्निमा’ मा नवअभिनेत्री सोल गुरुङ
खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा