इटाली र माल्टाको सामूद्रिक इलाकामा ४५० आप्रवासी अलपत्र

रोम, इटाली, ३० असार – माल्टा र इटालीबीच कसले जिम्मेवारी लिने र समुद्रमा फसेका आप्रवासी शरणार्थीलाई सहयोग गर्ने भन्ने निश्चित नहुंदा लिवियाबाट यूरोप हिडेका कम्तीमा ४५० जना आप्रवासी शरणार्थीहरू शनिबार समूद्रमा अलपत्र परेका छन् ।

शुक्रबार इटालीका दक्षिणपन्थी समूहका तर्फबाट गृहमन्त्री बनेका माटेओ साल्भिनीले आप्रबासी चढेको डुङ्गालाई आफ्नो इलाकामा प्रवेश गर्न नदिएपछि यूरोपेली संघको सीमा क्षेत्रमा काम गर्ने निकाय (फ्रन्टेक्स)ले दुईवटा डुङ्गा उपलब्ध गराएको र डुङ्गा डुब्ने खतरालाई टारेको थियो ।

एउटै डुङ्गामा ठूलो सङ्ख्यामा रहेका शरणार्थीको सुरक्षालाई मध्य नजर गरी यात्रुहरूलाई दुई डुङ्गामा बाडिएको थियो ।

फ्रन्टेक्सले डुङ्गालाई दक्षिणतर्फ लिविया अथवा माल्टामा जान निर्देशन दिएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री