लण्डन । झापाको दमकमा सञ्चालित रत्न आश्रमका लागि कोष जुटाउने उद्देश्यले शुक्रबार लन्डनमा एक च्यारिटी कार्यक्रम गरिएको छ । लन्डन साउथ हयारोस्थित हयारो बरो फुटबल क्लब हलमा कार्यक्रम भएको हो । उक्त कार्यक्रमबाट आश्रमका लागि करिब २७ सय पाउण्ड संकलन भएको आयोजकले जनाएका छन् ।
टिकट विक्री तथा स्पोन्सरबाट झण्डै ४ हजार पाउण्ड संकलन भएको र खर्च कटाएर २७ सय ३१ पाउण्ड वचत भएको कार्यक्रम संयोजक तथा आश्रम सञ्चालिका मन सुनुवार आलेले जानकारी दिइन् ।
डेढ सय भन्दा बढिको सहभागिता रहेको उक्त कार्यक्रमको दोस्रो चरणमा पहिलो नेपाली तारा गायक दिपक लिम्बुको विशेष प्रस्तुति रहयो । पहिलो नेपाली तारा गायक लिम्बुले मुटु माग्यौ तिमीले, मैलै माया गर्न जानिन, आंखा आंखा लगायतका आफ्ना आधा दर्जन बढि हिट गीत सुनाए । गायिका शर्मिला बर्देवाले पनि केही गीत प्रस्तुत गर्दै सहभागीलाई मनोरञ्जन गराइन् । केहि स्थानीय कलाकारका विभिन्न सांस्कृतिक प्रस्तुति पनि देखाइएको थियो ।
कार्यक्रमको पहिलो सत्रमा प्रमुख अतिथी एनआरएनए यूके अध्यक्ष योगकुमार फगामीले रत्न आश्रम असहाय बृद्धबृद्धाहरुको सहारा बन्न सफल भएको भन्दै यसका सञ्चालकहरुको पवित्र कार्यप्रतिको समर्पण प्रशंसनीय रहेको बताए । सामाजिक कामका लागि सधैं ठूलो रकम नै दान गर्नुपर्छ भन्ने नहुने भन्दै अध्यक्ष फगामीले खुशी र सफा मनबाट गरिएको जुनसुकै सहयोग पनि समाजका लागि महत्वपूर्ण हुने धारणा राखे ।
आश्रमकी सञ्चालिका तथा कार्यक्रमकी सभापति मन सुनुवार आलेले असहाय बृद्धबृद्धाका लागि सकेको सहयोग गर्ने उद्देश्यले आफ्नै परिवारको सहयोगमा आश्रम स्थापना र सञ्चालन गर्न सफल भएको बताइन् । आश्रममा आश्रय खोज्नेहरुको संख्या बढ्दै जांदा यसको व्यवस्थापनका लागि आर्थिक अभाव भएपछि कोष संकलनका लागि कार्यक्रम गरिएको उनले जनाइन् ।
कार्यक्रममा पारिका आलेले रत्न आश्रमको स्थापना, सञ्चालन र यसको अवस्थाबारे विस्तृत जानकारीमुलक प्रिजेन्टेसन दिएकी थिइन् ।
बेलायतमा नर्सका रुपमा कार्यरत सुनुवारको पहल र उनको परिवारको सहयोगमा सन् २०१५ मा स्थापित रत्न आश्रममा अहिलेसम्म २ दर्जन बढि बृद्धबद्धाले सहारा पाइसकेका छन् । नेपालमा च्यारिटीका रुपमा दर्ता भइसकेको संस्थालाई बेलायतमा समेत च्यारिटीमा दर्ता गर्ने लक्ष्य राखिएको छ । अहिलेसम्म नेपालको सरकार तथा अन्य कुनै दातृ संस्थाहरुबाट कुनै सहयोग नपाएको रत्न आश्रम बेलायतस्थित सुनुवार परिवार र उनीहरुको आग्रहमा आफन्त, साथीभाइहरुले गरिरहेको सहयोगमा सञ्चालन हुंदै आएको छ ।
च्यारिटी कार्यक्रमको आयोजना उमेशराज मोक्तान, रस्मिता दर्लामी, सुशिला कार्की, शशी थापा सुब्बा लगायतको सहयोगमा गरिएको थियो ।
कार्यक्रममा रस्मिता दर्लामीले स्वागत मन्तव्य दिंदै नेपालमा रहेका असहाय बृद्धबृद्धाका लागि सक्दो सहयोग गरिदिन आव्हान गरेकी थिइन् । कार्यक्रमको पहिलो सत्र शशी थापा सुब्बा रदोश्रो सत्र लक्ष्मी राई लाराले सञ्चालन गरेका थिए ।
त्यसअवसरमा शशी थापा सुब्बाको परिकल्पना र निर्देशनमा रस्मिता दर्लामी, पारिका आले र सुशिला कार्कीको अभिनयमा एक नाटक प्रस्तुत गरियो । बेसहारा बृद्धबृद्धाको सहयोगका लागि सन्देश दिने उक्त नाटक कार्यक्रमका सहभागीहरुले खुबै रुचाए ।
कार्यक्रममा रस्मिता दर्लामी, पारिका आले, सुस्मिता थापाका साथै मिर्फुंग युथ क्लब, वेम्लीका कलाकारहरुले समेत आकर्षक नृत्य देखाए ।
कार्यक्रममा काउन्सिलर भगवानजी चौहान, एनआरएनए यूके महासचिव आरके त्रिपाठी, व्यवसायीहरु मिन दर्लामी, नर्सहरु बासु लामिछाने, प्रसुना कंडेल, विनोदविकास सिंखडा लगायत बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो ।
तस्विर- शिव भण्डारी
नेपालको समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक, को को छन् ?
नेपालकी स्वास्थ्यमन्त्री मेहतासँग बेलायती राजदूत फेनको शिष्टाचार भेट
पूर्वविशिष्टको दोहोरो सवारीसुविधामा नेपाल सरकारको निगरानीः विवरण बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयको निर्देशन
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तमु धीं यूकेका पूर्वअध्यक्ष मेजर लालबहादुर गुरुङको ७६ वर्षको उमेरमा निधन
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
अवैध सुकुटी बिक्री गरेकोमा बेलायत अल्डरसटको ‘भिन्तुना’ रेस्टुरेन्ट दोषी