काठमाडौँ, ३० असार – थाइल्याण्डस्थित नेपाली राजदूतावास र त्यहाँको प्रसिद्ध पर्यटकीयस्थल फुकेतमा अवस्थित नेपालको अवैतनिक वाणिज्यदूतावासले संयुक्त रुपमा बिहीबार फुकेतमा व्यापार तथा पर्यटनका प्रवर्धनात्मक कार्यक्रम आयोजना गरयो ।
नेपालमा व्यापारका अवसर शीर्षकमा आयोजित उक्त कार्यक्रममा थाइल्याण्ड सरकारका अधिकारी, व्यापारी, सञ्चारकर्मी, यात्रा व्यवसायी तथा फुकेतमा बसोवास गर्दै आएका नेपाली समुदायका प्रतिनिधि सहभागी भएका बैंककस्थित नेपाली दूतावासले जनाएको छ ।
त्यस अवसरमा थाइल्याण्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले नेपालको प्रकृति, संस्कृति, पर्यटकीय क्षेत्र, पदमार्ग, व्यापार–व्यवसाय र लगानीको वातावरणबारे विस्तृत जानकारी दिनुभएको थियो ।
अवैतनिक वाणिज्यदूत प्रानी साकुलपिपातनाले लुम्बिनीलगायत नेपालका पर्यटकीय आकर्षणका केन्द्रबारे जानकारी दिँदै पर्यटकलाई नेपाल भ्रमण गराउन तथा थाई नागरिकलाई लगानी गर्न आग्रह गर्नुभयो ।
नियोग उपप्रमुख जंगबहादुर गुरुङले लगानीकर्तालाई नेपाल सरकारले उपलब्ध गराउने प्रतिफल र प्रोत्साहन, लगानीका निम्ति कानूनी व्यवस्थाबारे जानकारी दिनुभएको उक्त दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी