फुकेतमा पर्यटन तथा व्यापार प्रवर्धन कार्यक्रम

काठमाडौँ, ३० असार – थाइल्याण्डस्थित नेपाली राजदूतावास र त्यहाँको प्रसिद्ध पर्यटकीयस्थल फुकेतमा अवस्थित नेपालको अवैतनिक वाणिज्यदूतावासले संयुक्त रुपमा बिहीबार फुकेतमा व्यापार तथा पर्यटनका प्रवर्धनात्मक कार्यक्रम आयोजना गरयो ।

नेपालमा व्यापारका अवसर शीर्षकमा आयोजित उक्त कार्यक्रममा थाइल्याण्ड सरकारका अधिकारी, व्यापारी, सञ्चारकर्मी, यात्रा व्यवसायी तथा फुकेतमा बसोवास गर्दै आएका नेपाली समुदायका प्रतिनिधि सहभागी भएका बैंककस्थित नेपाली दूतावासले जनाएको छ ।

त्यस अवसरमा थाइल्याण्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले नेपालको प्रकृति, संस्कृति, पर्यटकीय क्षेत्र, पदमार्ग, व्यापार–व्यवसाय र लगानीको वातावरणबारे विस्तृत जानकारी दिनुभएको थियो ।

अवैतनिक वाणिज्यदूत प्रानी साकुलपिपातनाले लुम्बिनीलगायत नेपालका पर्यटकीय आकर्षणका केन्द्रबारे जानकारी दिँदै पर्यटकलाई नेपाल भ्रमण गराउन तथा थाई नागरिकलाई लगानी गर्न आग्रह गर्नुभयो ।

नियोग उपप्रमुख जंगबहादुर गुरुङले लगानीकर्तालाई नेपाल सरकारले उपलब्ध गराउने प्रतिफल र प्रोत्साहन, लगानीका निम्ति कानूनी व्यवस्थाबारे जानकारी दिनुभएको उक्त दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री