काठमाडौँ-दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगिता शुक्रबारबाट काठमाडौँमा शुरु हुँदैछ ।
नेपाल आइटिएफ संघको आयोजनमा सञ्चालन हुने उक्त प्रतियोगिता यही असार ३१ गतेसम्म चल्नेछ । प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, चीन, तुर्किमिनिस्तानलगायत देशबाट खेलाडी तथा पदाधिकारी अहिले काठमाडौँ आइपुगेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
प्रतियोगितामा जुनियर र सिनियरका उमेर समूह, तौल समूहमा स्पाइरिङ, टिम स्पाइरिङ, एकल प्याट्रन, टिम प्याट्रन, सेल्फ डिफेन्समा प्रतिस्पर्धा हुने अन्तर्राष्ट्रिय आइटिएफ तेक्वान्दो संघका सदस्य समेत रहेका दक्षिण एशियाली आइटिएफ संघका अध्यक्ष डा राजेन्द्र बलामले जानकारी दिए ।
प्रतियोगिता संयोजक आइटिएफका अध्यक्ष अन्जन धमलाले प्रतियोगितामा १५० स्वर्ण, १५० रजत र ३०० कास्य पदकका लागि ६०० खेलाडीले प्रतिस्पर्धा गर्ने बताए ।
प्रतियोगिताका लागि अनुमानित खर्च रु ४० लाख रहने बताइएको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने