काठमाडौँ-दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगिता शुक्रबारबाट काठमाडौँमा शुरु हुँदैछ ।
नेपाल आइटिएफ संघको आयोजनमा सञ्चालन हुने उक्त प्रतियोगिता यही असार ३१ गतेसम्म चल्नेछ । प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, चीन, तुर्किमिनिस्तानलगायत देशबाट खेलाडी तथा पदाधिकारी अहिले काठमाडौँ आइपुगेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
प्रतियोगितामा जुनियर र सिनियरका उमेर समूह, तौल समूहमा स्पाइरिङ, टिम स्पाइरिङ, एकल प्याट्रन, टिम प्याट्रन, सेल्फ डिफेन्समा प्रतिस्पर्धा हुने अन्तर्राष्ट्रिय आइटिएफ तेक्वान्दो संघका सदस्य समेत रहेका दक्षिण एशियाली आइटिएफ संघका अध्यक्ष डा राजेन्द्र बलामले जानकारी दिए ।
प्रतियोगिता संयोजक आइटिएफका अध्यक्ष अन्जन धमलाले प्रतियोगितामा १५० स्वर्ण, १५० रजत र ३०० कास्य पदकका लागि ६०० खेलाडीले प्रतिस्पर्धा गर्ने बताए ।
प्रतियोगिताका लागि अनुमानित खर्च रु ४० लाख रहने बताइएको छ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता