ब्रसेल्स, २८ असार – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनलाई आफ्नो ‘प्रतिस्पर्धी’ हो ‘सत्रु’ होइन भन्नु भएको छ ।
एउटा शिखर सम्मेलनका क्रममा एक दिन अगाडी पुटिनलाई भेट्नु भएका ट्रम्पले बिहीबार यस्तो बताउनु भएको हो । कसैले उहाँलाई सोध्यो- “के पुटिन तपाईंको सत्रु हुन् ?” उहाँले भन्नुभयो “होइन, पुटिन मेरो सत्रु होइनन् ।”
“त्यसो भए के पुटिन तपाइको साथी हुन् त ?” यसमा पनि उहाँले भन्नुभयो, “होइन । मैले उहाँलाई राम्रोसँग चिन्दिन, तर पनि दुई पटक भेट्न भने पाएको छु ।”
“पुटिन मेरो प्रतिस्पर्धी भने अवश्य हो, उहाँले रुसको प्रतिनिधित्व गर्नुहुन्छ, मैले अमेरिकाको प्रतिनिधित्व गर्दछु,” ट्रम्पले भन्नुभयो । “आशा गरौँ, उहाँ मेरो साथी बन्नुहुनेछ । अहिले भने चिनेको छैन ।”
बेल्जियमको ब्रसेल्समा भएको नेटो शिखर सम्मेलनका क्रममा भएको पत्रकार सम्मेलनमा ट्रम्पले पत्रकारहरूले सोधेको प्रश्नमा पुटिनका बारेमा यस्तो जवाफ दिनुभएको हो ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?