लण्डन । बेलायतको अल्डरसटबाट एक जना भूतपूर्व गोरखा सैनिक एक सातादेखि हराइरहेका छन् ।
७४ वर्षीय पूर्व गोरखा सैनिक धनपति राई गत बुधबारदेखि सम्पर्कविहीन भएको स्थानीय ह्याम्पसायर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई गत बुधबार बिहान ७ बजेतिर अल्डरसटको किंग्स रोडमा देखिएको थियो ।
सोही दिनदेखि राई परिवार र साथीसंगीसित सम्पर्कविहीन भएको बताइएको छ । उनी यसरी सम्पर्क विच्छेद भएर कहिल्यै हिँड्ने गरेका थिएनन् ।
करिब ५ फिट ७ इन्च उचाइ भएका राई अलिअलि मात्र अंग्रेजी बोल्न सक्छन् ।
अन्तिम पटक देखिँदा उनले कालो पाइन्ट, हरियो लामो बाहुला भएको सर्ट र आस्कोट लाएका थिए । उनले गाढा रंगको बेसबल टोपी पनि लाएको बताइएको छ ।
ह्याम्पसायर प्रहरीका डिटेक्टिभ इन्सपेक्टर लि म्याकक्लिलानले भनेका छन्, ‘एक सातादेखि राई साथीभाइ र परिवारजनसित सम्पर्कविहीन हुँदा उनको अवस्थाका बारेमा हामीलाई गम्भीर चासो बढेको छ ।’
राईको खोजीका लागि व्यापक रुपमा प्रहरी अधिकृतहरु परिचालन गरिएको बताउँदै उनले अल्डरसट क्षेत्रका सबैलाई राईको बारेमा ध्यान दिन र कुनै पनि सूचना भए दिन पनि आग्रह गरेका छन् ।
‘हामीलाई थाहा छ कि उनलाई अल्डरसट टाउन बाहिरको सिजर क्याम्प क्षेत्रमा हिँड्न मन लाग्छ । साथै वेलिंगटनको प्रतिमा भएतिर पनि । यदि कसैले त्यो क्षेत्रमा जाँदा राईलाई देख्नुभयो भने हामीलाई ९९९ मा खबर गर्नुहोला’, उनले भने ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’