लण्डन । बेलायतको अल्डरसटबाट एक जना भूतपूर्व गोरखा सैनिक एक सातादेखि हराइरहेका छन् ।
७४ वर्षीय पूर्व गोरखा सैनिक धनपति राई गत बुधबारदेखि सम्पर्कविहीन भएको स्थानीय ह्याम्पसायर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई गत बुधबार बिहान ७ बजेतिर अल्डरसटको किंग्स रोडमा देखिएको थियो ।
सोही दिनदेखि राई परिवार र साथीसंगीसित सम्पर्कविहीन भएको बताइएको छ । उनी यसरी सम्पर्क विच्छेद भएर कहिल्यै हिँड्ने गरेका थिएनन् ।
करिब ५ फिट ७ इन्च उचाइ भएका राई अलिअलि मात्र अंग्रेजी बोल्न सक्छन् ।
अन्तिम पटक देखिँदा उनले कालो पाइन्ट, हरियो लामो बाहुला भएको सर्ट र आस्कोट लाएका थिए । उनले गाढा रंगको बेसबल टोपी पनि लाएको बताइएको छ ।
ह्याम्पसायर प्रहरीका डिटेक्टिभ इन्सपेक्टर लि म्याकक्लिलानले भनेका छन्, ‘एक सातादेखि राई साथीभाइ र परिवारजनसित सम्पर्कविहीन हुँदा उनको अवस्थाका बारेमा हामीलाई गम्भीर चासो बढेको छ ।’
राईको खोजीका लागि व्यापक रुपमा प्रहरी अधिकृतहरु परिचालन गरिएको बताउँदै उनले अल्डरसट क्षेत्रका सबैलाई राईको बारेमा ध्यान दिन र कुनै पनि सूचना भए दिन पनि आग्रह गरेका छन् ।
‘हामीलाई थाहा छ कि उनलाई अल्डरसट टाउन बाहिरको सिजर क्याम्प क्षेत्रमा हिँड्न मन लाग्छ । साथै वेलिंगटनको प्रतिमा भएतिर पनि । यदि कसैले त्यो क्षेत्रमा जाँदा राईलाई देख्नुभयो भने हामीलाई ९९९ मा खबर गर्नुहोला’, उनले भने ।
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा