लन्डन । वाटफोर्ड नेपाली समाज यूकेले पांचौं वार्षिक उत्सव तथा समर भेटघाट कार्यक्रम गरेको छ । गत शनिबार समाजका अध्यक्ष मुकुन्द गुरुङको अध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष अमर गुरुङले स्वागत मन्तव्य दिएका थिए । नेपाली समाजका अगुवासहित वाटफोर्डवासी नेपालीहरुको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रम राजेन्द्र थापाले सञ्चालन गरेका थिए ।
कार्यक्रम रमाइलो र भव्य बनाउन सामाजिक अभियन्ताहरु सुशील श्रेष्ठ र सुदर्शन रुवालीले विभिन्न प्रकारका खेल तथा नाचगान आयोजना गरेका थिए भने प्रथम तथा द्वितीय हुनेलाई आकर्षक पुरस्कार पनि व्यवस्था गरिएको थियो । हाजिर जवाफ प्रतियोगिताले उपस्थित जनसमुदायमाझ थप उल्लास सिर्जना गर्नुका साथै उपस्थित सबैले उक्त कार्यक्रममा भाग लिएका थिए । लेख गुरुङद्वारा सञ्चालित डिजेबाट कार्यक्रममा थप रौनकता थपेको थियो ।
वाटफोर्ड नेपाली समाजका नेपालीहरु पनि दानी र मनकारी छन् भन्ने कुराको पुष्टि समाजका सक्रिय व्यक्तित्व कपिल रिमाल र गोर्खा दरबारद्वारा उक्त कार्यक्रमका लागि गरिएको स्पोन्सरबाट छर्लंग भएको भन्दै उनीहरुलाई विशेष धन्यवाद दिइयो ।
वाटफोर्ड अस्पतालमा कार्यरत सिनियर कन्सल्टेन्ट मोहन थापाले उक्त कार्यक्रम अति नै सभ्य र भव्य भएको बताउंदै आउंदा दिनमा यस्ता कार्यक्रम नियमित हुन सके नेपालीहरु बीच अझै भावनात्मक एकता र नेपालप्रतिको सम्मान बढ्ने विश्वास व्यक्त गरे ।
समाजको स्थापना गर्ने देखि अहिलेसम्म वाटफोर्डमा नेपालीहरुको एकता, कला संकृतिको जगेर्ना तथा नेपाली नेपालीबीच भाइचाराको सम्बन्ध स्थापना गर्न अहोरात्र खटिएका संस्थापक सल्लाहकार यामबहादुर गुरुङले वाटफोर्ड नेपाली समाजलाई भविष्यमा नयां उचाईंमा लैजानु पर्नेमा जोड दिए ।
राती १० बजेसम्म चलेको उक्त कार्यक्रममा संस्थाका महासचिव विष्णु पन्तले अहिलेसम्मको संस्थाको गतिविधि र संस्थाले आगामी दिनमा खेल्नुपर्ने भूमिकाबारे प्रकाश पारे । उनले आगामी अगष्ट ११ तारिखका दिन नयां कार्यसमिति चयन गर्ने तय भएकाले इच्छुक सबै वाटफोर्डवासी नेपालीलाई उपस्थितिका लागि आव्हान गरे ।
कार्यक्रम समापन गर्दै संस्थाका अध्यक्ष मुकुन्द गुरुङले कार्यक्रम सफल बनाउन सहयोग गर्ने तथा सहभागिता जनाउने सबैलाई धन्यवाद दिंदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरे ।
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते
जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा विदेशबाट पनि मतदान गर्न मिल्ने
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी