चियाङ राय, थाइल्याण्ड, २४ असार – थाइल्याण्डको उत्तरी इलाकामा करिब दुई हप्तादेखि थुनिएर रहेका १२ बालक र एक जना प्रशिक्षकमध्ये चार बालकलाई आइतबार सकुशल उद्धार गरिएको छ ।
लामो समयसम्म गुफामा फसेका बालकहरूलाई नजिकैको शिविरमा लगिएको र उनीहरूको स्वास्थ्य अवस्था परीक्षण गरिएको उद्धारमा सम्लग्न समूहका एक सदस्यले नाम गोप्य राख्ने शर्तमा बताए ।
थाइल्याण्डको एउटा गुफामा थुनिएका १२ जना बालक र एक जना उनीहरुका प्रशिक्षकसहित १३ जनाको उद्धारकार्य आइतबार पनि विहानैबाट शुरु भएको थियो ।
उद्धारका लागि १३ जना अन्तरराष्ट्रिय गोताखोर, उद्धारको क्षेत्रमा कार्यरत विज्ञलाई परिचालन गरिएको नारोङसाक ओसोटानाकोमका गभर्नर चिआङ रायले जानकारी दिनुभयो ।
उद्धार टोलीमा पाँच जना सेनाको विशेष टोली पनि सहभागी गराइएको उहाँले बताउनुभएको सिन्ह्वा समाचार समितिले उल्लेख गरेको छ ।
उनीहरुलाई बाहिर निकाल्न करिब १०० स्थानमा प्वाल पारेर गुफाभित्रको ग्याँस बाहिर फाल्ने र अक्सिजन भित्र पठाउने ‘चिम्नी’ बनाइएको छ ।
गुफा बाहिरबाट पारिएका ती प्वाल करिब ३०० मीटर लामो रहेको उद्धारकार्यमा सम्लग्न एक सदस्यले बताए । गुफामा फसेका बालकहरु ११ देखि १६ बर्ष सम्मका रहेका छन् भने उनीहरुका प्रशिक्षक २५ वर्षका छन् ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी