माइ साइ, थाइल्याण्ड, २३ असार – थाइल्याण्डमा करिब दुई हप्तादेखि एक गुफामा फसेका १२ जना बालक र उनका एकजना फुटवल प्रशिक्षकको उद्धारको क्रम जारी नै रहँदा उद्धारकर्मीले विभिन्न उपाय निकालेका छन् ।
यसै क्रममा उद्धारकार्यमा खटेका एकजना अधिकारीले शनिबार बिहान दिएको जानकारीअनुसार उक्त गुफाको बाहिरबाट भित्र पुग्नेगरी करिब १०० स्थानमा प्वाल पारेर गुफा भित्रको ग्याँस बाहिर फाल्ने र अक्सिजन भित्र पठाउने ‘चिम्नी’ बनाइएको बताएका छन् ।
उनका अनुसार गुफा बाहिरबाट पारिएका ती प्वाल करिब ३०० मीटर लामो छन् ।
ती प्वालबाट अक्सिजन भित्र पठाउन सकिने र त्यसैबाट गुफाभित्रको ग्याँस पनि बाहिर आउने भएकोले उद्धारकर्ता सजिलै गुफाभित्र जान सक्ने र ती बालकको उद्धार गर्न सजिलो पर्ने उनीहरुले बताएका छन् ।
उद्धारमा खटिएका एकजना गोताखोर बालकलाई खाना पुरयाएर बाहिर फर्किने क्रममा अक्सिजनको अभावका कारण मृत्यु भएपछि त्यहाँ छिर्न अरुले मानिरहेका छैनन् ।
यो विधि अपनाउँदा भित्र छिर्न पनि सजिलो पर्ने र गोताखोरले सामान्य सावधानीका साथ भित्र गएर उनीहरुको उद्धार गर्न सक्ने अनुमान गरिएको छ ।
ठूलो सङ्ख्याका उद्धारकर्मी तथा सेनाले दुई दिन लगाएर विशेष प्रविधिको प्रयोगगरी यी चिम्नी निर्माण गरिएको यहाँको सेनाले जानकारी दिएको छ ।
उता शनिबार बिहानसम्म पनि ती बालकको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ । उनीहरुले बाहिरबाट पठाइएको खानेकुरा खाएको र सामान्य अवस्थामा रहेको अधिकारीले जनाएका छन् ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता