सिड्नी, २२ असार – अष्ट्रेलियाको एक ठूलो शहर सिड्नीमा एक पिताले आफ्ना किशोर अवस्थाका दुई छोरा छोरीको हत्या गरेपछि आफूले पनि आत्महत्या गरेका छन् ।
प्रहरीले शुक्रबार सो जानकारी दिएको छ । सिड्नी शहरमा यो हत्याकाण्ड अर्का एकजनाले आफ्नी श्रीमती, छोरी र छोरीका तीन सन्तानको हत्या गरेको दुई महिनापछि भएको प्रहरीले थप जानकारी दिएको छ ।
सिडनीमा अवस्थित एक घरमा छिमेकीले गत बिहीबार गोली चलेको आवाज सुनेपछि प्रहरीलाई खबर गरेका थिए ।
त्यसपछि प्रहरी घटनास्थलमा पुग्दा त्यहाँ एक १५ वर्षीय किशोर १३ बर्षीया किशोरीको शव फेला परेको थियो ।
ती किशोरकिशोरका पिता जोन इदबर्डस् नामक ती व्यक्तिको शव भने शुक्रबार घटनास्थलदेखि नजिकै फेला परेको थियो ।
इदबर्डस्को शव फेला परेको स्थानमा दुई वटा शक्तिशाली बन्दुकसमेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीकाअनुसार ती पिताको आफ्ना छोरा छोरीलाई मार्ने आफूले पनि आत्महत्या गर्ने योजना नै रहेको थियो । उनले ‘लाइसेन्स’ प्राप्त बन्दुक प्रयोग गरेका थिए ।
ती किशोर किशोरीकी ३६ वर्षीया आमा भने दुई वर्ष पहिलादेखि नै अलग्गै बस्ने गरेको प्रहरीको अनुसन्धाबाट खुलेको छ ।
जसका कारण उनका पति निकै तनावमा रहेका र यो नै किशोर किशोरीको हत्याको कारण भएको हुनसक्ने अनुमान प्रहरीले गरेको समाचारमा जनाइएको छ ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी