लन्डन । बेलायतमा सातापिच्छे हुने सांगीतिक कार्यक्रमबाट आजित दर्शकहरुले एउटा पृथक माहोल ‘रसस्वादन’ गर्न पाउने भएका छन् । जुलाई तेश्रो साता नेपाली चलचित्रका हस्ती राजेश हमाल, लोकप्रिय टेलिभिजनकर्मी दिलभुषण पाठक र एनआरएनए केन्द्रिय अध्यक्ष भवन भट्टसम्मिलित एउटा वृहत अन्तरसंवाद हुन लागेको हो ।
जुलाई २१ तारिख शनिबार टिडवर्थ ग्यारिजन थिएटरमा ‘म अनि मेरो मातृभूमि’ विषयक अन्तरक्रियामा माथिका हस्तीहरु आउने तयारी भएको कार्यक्रम संयोजक एनआरएनए यूके युवा संयोजक एलबीजेड गुरुङले जानकारी दिए ।
बिहीबार लन्डनस्थित साउथ हयारोमा आयोजित एक पत्रकार सम्मेलनमा संयोजक गुरुङले युवा लक्षित प्रेरणादायी कार्यक्रमका लागि राजेश हमाल १९ जुलाइमा, दिलभुषण पाठक १८ जुलाइ र भवन भट्ट २० जुलाइमा लन्डन आइपुग्ने जानकारी दिए । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी र महासचिव आर के त्रिपाठी पनि अतिरिक्त वक्ताका रुपमा हुनेछन् ।
कार्यक्रम संयोजक गुरुङ र एनआरएनए यूके अध्यक्ष योगकुमार फगामीले उक्त कार्यक्रममा सहभागी भएर सफल बनाइदिन सबैमा आग्रह गरेका छन् ।
नेपाल सरकार समृद्धिको प्रमुख नारा लिइ अगाडि बढिरहेका बेला युवा तप्कालाई प्रतिनिधित्व गर्ने हस्तीहरुले आ आफ्ना अनुभव बांड्नेछन् । उनीहरुले अन्तरसंवादका क्रममा देश समृद्धिका लागि प्रवासका नेपाली र युवाहरुको समेत विशेष भूमिका रहनेबारे बताउने छन् ।
पत्रकार सम्मेलनमा एनआरएनए यूके महासचिव आर के त्रिपाठीले युवा लक्षित यस कार्यक्रम एनआरएनए यूके इतिहासमा पृथक र ऐतिहासिक हुने बताए ।
उक्त कार्यक्रम पूर्व मिस यूके नेपाल गौमाया गुरुङले सञ्चालन गर्नेछन् ।
कार्यक्रममा जीवा लामिछाने, कुमार पन्त र कुल आचार्य समेत सहभागी हुनेछन् । कार्यक्रममा एनआरएनए यूके प्रमुख संरक्षक डमर घले, संरक्षकहरु महन्त श्रेष्ठ, सूर्य गुरुङ, कुल आचार्य, योगेन क्षेत्री, महेन्द्र कंडेल र मुछेत्र गुरुङ पनि सहभागी हुने बताइएको छ ।
तस्विर- शिव भण्डारी
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह