लन्डन । बेलायतमा सातापिच्छे हुने सांगीतिक कार्यक्रमबाट आजित दर्शकहरुले एउटा पृथक माहोल ‘रसस्वादन’ गर्न पाउने भएका छन् । जुलाई तेश्रो साता नेपाली चलचित्रका हस्ती राजेश हमाल, लोकप्रिय टेलिभिजनकर्मी दिलभुषण पाठक र एनआरएनए केन्द्रिय अध्यक्ष भवन भट्टसम्मिलित एउटा वृहत अन्तरसंवाद हुन लागेको हो ।
जुलाई २१ तारिख शनिबार टिडवर्थ ग्यारिजन थिएटरमा ‘म अनि मेरो मातृभूमि’ विषयक अन्तरक्रियामा माथिका हस्तीहरु आउने तयारी भएको कार्यक्रम संयोजक एनआरएनए यूके युवा संयोजक एलबीजेड गुरुङले जानकारी दिए ।
बिहीबार लन्डनस्थित साउथ हयारोमा आयोजित एक पत्रकार सम्मेलनमा संयोजक गुरुङले युवा लक्षित प्रेरणादायी कार्यक्रमका लागि राजेश हमाल १९ जुलाइमा, दिलभुषण पाठक १८ जुलाइ र भवन भट्ट २० जुलाइमा लन्डन आइपुग्ने जानकारी दिए । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी र महासचिव आर के त्रिपाठी पनि अतिरिक्त वक्ताका रुपमा हुनेछन् ।
कार्यक्रम संयोजक गुरुङ र एनआरएनए यूके अध्यक्ष योगकुमार फगामीले उक्त कार्यक्रममा सहभागी भएर सफल बनाइदिन सबैमा आग्रह गरेका छन् ।
नेपाल सरकार समृद्धिको प्रमुख नारा लिइ अगाडि बढिरहेका बेला युवा तप्कालाई प्रतिनिधित्व गर्ने हस्तीहरुले आ आफ्ना अनुभव बांड्नेछन् । उनीहरुले अन्तरसंवादका क्रममा देश समृद्धिका लागि प्रवासका नेपाली र युवाहरुको समेत विशेष भूमिका रहनेबारे बताउने छन् ।
पत्रकार सम्मेलनमा एनआरएनए यूके महासचिव आर के त्रिपाठीले युवा लक्षित यस कार्यक्रम एनआरएनए यूके इतिहासमा पृथक र ऐतिहासिक हुने बताए ।
उक्त कार्यक्रम पूर्व मिस यूके नेपाल गौमाया गुरुङले सञ्चालन गर्नेछन् ।
कार्यक्रममा जीवा लामिछाने, कुमार पन्त र कुल आचार्य समेत सहभागी हुनेछन् । कार्यक्रममा एनआरएनए यूके प्रमुख संरक्षक डमर घले, संरक्षकहरु महन्त श्रेष्ठ, सूर्य गुरुङ, कुल आचार्य, योगेन क्षेत्री, महेन्द्र कंडेल र मुछेत्र गुरुङ पनि सहभागी हुने बताइएको छ ।
तस्विर- शिव भण्डारी
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा