लन्डन । बेलायतका पूर्व एमाले र पूर्व माओवादी केन्द्रका नेताहरुबीच एकताअघि औपचारिक जमघट भएको छ । एमाले र माओवादीबीच एकीकरण भइ बनेको नेपाल कम्युनिष्ट पार्टीका भातृ संगठनबीच एकीकरणको प्रयास भइरहेका बेला नेताहरुवीच औपचारिक जमघट भएको हो ।
दुवै संगठनका नेताहरु एकीकरणका लागि तयार भएपनि केन्द्रको निर्देशन पर्खिरहेका छन् । पार्टी केन्द्रको निर्देशन लगत्तै पूर्व एमालेको भातृ संगठन प्रवासी नेपाली मञ्च यूके र पूर्व माओवादी केन्द्रको भातृ संगठन जनप्रगतिशील नेपाली मञ्च यूकेवीच एकीकरण हुनेछ ।
उनीहरुले कार्लमाक्सको शालिकमा जम्मा भई माक्सवाद सिद्धान्तको विश्वव्यापीकरणप्रति गर्व गरेका थिए । प्रवासी नेपाली मञ्च यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले दुई कम्युनिष्टबीचको एकतालाई ऐतिहासिक घट्नाको रुपमा व्याख्या गरे । उनले विश्व कम्युनिष्टलाई एउटा सन्देश दिने घट्नालाई सफल बनाउन प्रवासवाट सशक्त भूमिका निर्वाह गर्न सबैलाई आग्रह गरे । बेलायत जस्तो अति विकसित मुलुकबाट सिकेको ज्ञान र सिप हस्तान्तरणका लागि पहल गरिने अध्यक्ष पुडासैनीको भनाई थियो ।
जन प्रगतिशील मञ्च यूकेका इन्चार्ज तथा पूर्व माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य पूर्ण लोक्समले तीव्र आर्थिक विकासमा कम्युनिष्ट सरकार लाग्नुपर्ने सुझाव दिए । उनले आफूले सिकेको ज्ञान र सिपलाई मातृभूमिमा सदुपयोग गर्न प्रवासीहरु आतुर रहेको जानकारी दिए ।
जन प्रगतिशील मञ्च यूकेका नेता तथा पूर्व माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य कर्ण शाहीले नेपाल कम्युनिस्ट पार्टीको सरकारले समृद्धिका लागि अल्पकालिन र दीर्घकालिन काम सुरु गर्नुपर्ने सुझाव दिए । उनले कार्लमाक्र्सको योगदानको चर्चा समेत गरे ।
प्रवासी नेपाली मञ्चकी उपाध्यक्ष सरस्वती केसीले कम्युनिस्ट पार्टीमा महिलाको भूमिकाबारे चर्चा गरिन् ।
एकीकरण अघि नेताहरुबीच अनौपचारिक तथा औपचारिक सम्बन्ध विस्तार गर्न पनि जमघट महत्वपूर्ण बताइन्छ ।
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह