कार्लमाक्सको सालिक छेउ बेलायतका कम्युनिष्टहरुको जमघट

लन्डन । बेलायतका पूर्व एमाले र पूर्व माओवादी केन्द्रका नेताहरुबीच एकताअघि औपचारिक जमघट भएको छ । एमाले र माओवादीबीच एकीकरण भइ बनेको नेपाल कम्युनिष्ट पार्टीका भातृ संगठनबीच एकीकरणको प्रयास भइरहेका बेला नेताहरुवीच औपचारिक जमघट भएको हो ।

दुवै संगठनका नेताहरु एकीकरणका लागि तयार भएपनि केन्द्रको निर्देशन पर्खिरहेका छन् । पार्टी केन्द्रको निर्देशन लगत्तै पूर्व एमालेको भातृ संगठन प्रवासी नेपाली मञ्च यूके र पूर्व माओवादी केन्द्रको भातृ संगठन जनप्रगतिशील नेपाली मञ्च यूकेवीच एकीकरण हुनेछ ।

उनीहरुले कार्लमाक्सको शालिकमा जम्मा भई माक्सवाद सिद्धान्तको विश्वव्यापीकरणप्रति गर्व गरेका थिए । प्रवासी नेपाली मञ्च यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले दुई कम्युनिष्टबीचको एकतालाई ऐतिहासिक घट्नाको रुपमा व्याख्या गरे । उनले विश्व 
कम्युनिष्टलाई एउटा सन्देश दिने घट्नालाई सफल बनाउन प्रवासवाट सशक्त भूमिका निर्वाह गर्न सबैलाई आग्रह गरे । बेलायत जस्तो अति विकसित मुलुकबाट सिकेको ज्ञान र सिप हस्तान्तरणका लागि पहल गरिने अध्यक्ष पुडासैनीको भनाई थियो ।

जन प्रगतिशील मञ्च यूकेका इन्चार्ज तथा पूर्व माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य पूर्ण लोक्समले तीव्र आर्थिक विकासमा कम्युनिष्ट सरकार लाग्नुपर्ने सुझाव दिए । उनले आफूले सिकेको ज्ञान र सिपलाई मातृभूमिमा सदुपयोग गर्न प्रवासीहरु आतुर रहेको जानकारी दिए ।
जन प्रगतिशील मञ्च यूकेका नेता तथा पूर्व माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य कर्ण शाहीले नेपाल कम्युनिस्ट पार्टीको सरकारले समृद्धिका लागि अल्पकालिन र दीर्घकालिन काम सुरु गर्नुपर्ने सुझाव दिए । उनले कार्लमाक्र्सको योगदानको चर्चा समेत गरे ।

प्रवासी नेपाली मञ्चकी उपाध्यक्ष सरस्वती केसीले कम्युनिस्ट पार्टीमा महिलाको भूमिकाबारे चर्चा गरिन् ।

एकीकरण अघि नेताहरुबीच अनौपचारिक तथा औपचारिक सम्बन्ध विस्तार गर्न पनि जमघट महत्वपूर्ण बताइन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री