वासिङ्टन, १८ असार – संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोका नवनियुक्त राष्ट्रपति एन्ड्रेस म्यानुयल लोपेजलाई वधाई दिनुभएको छ ।
एन्ड्रेस हालै भएको निर्वाचनमा प्रचण्ड बहुमतका साथ मेक्सिकोको राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । उहाँले ट्वीटमार्फत वधाई दिँदै अमेरिकाले आगामी दिनमा उहाँसँग मिलेर कामगर्ने बताउनुभएको छ ।
उक्त वधाई सन्देशमा उहाँले भन्नुभएको छ– अमेरिका र मेक्सिकोका लागि फाइदा पुग्ने धेरै काम गर्न बाँकी छ, त्यसतर्फ नवनियुक्त राष्ट्रपति एन्ड्रेसको ध्यान पुग्ने नै छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले सन् २०१६ मा भएको उहाँको राष्ट्रपतीय निर्वाचनको अभियानमा मेक्सिकोका नागरिकलाई ‘अपराधी’ र ‘बलात्कारी’ भनेर आरोप समेत लगाउनुभएको थियो ।
त्यसैले आफू राष्ट्रपति भएमा मेक्सिकोतर्फको अमेरिकाको सीमामा एकतर्फी रुपमा पर्खाल लगाउने घोषणा पनि गर्नुभएको छ ।
तर उहाँको सो निर्वाचन अभियानले अहिले पनि निरन्तरता पाएको छैन । त्यसैले नवनियुक्त राष्ट्रपतिले आगामी दिनमा मेक्सिकोको यो छवि सुधारका लागि धेरै काम गर्नुपर्ने धारणा पनि राख्नुभएको छ ।
दुई महिनामात्र अघि पनि राष्ट्रपति ट्रम्पले मेक्सिकनलाई जनावरको सङ्ज्ञा दिनुभएको थियो । यसप्रति मेक्सिकोले कडा आपत्ति जनाएको थियो ।
राष्ट्रपति ट्रम्पले मेक्सिकोका नवनियुक्त राष्ट्रपतिले मेक्सिकोको अहिलेको छवि सुधार्न धेरै काम गर्नुपर्नेछ र यदि त्यसो भयो भने यसले मेक्सिकोलाई मात्र होइन कि अमेरिकालाई पनि सहयोग पुग्नेछ भन्नुभएको छ ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी