मस्को, १८ असार – रुसको राजधानी मस्कोमा जारी विश्वकप फुटबलमा आइतबार स्पेन र रुसबीच भएको खेलमा रुस विजयी भएपछि रुसभरि खुशियाली छाएको खबर छ ।
विश्वकप विजेता स्पेनलाई अप्रत्याशित रूपमा पराजित गरेपछि रुसमा खुशियाली छाएको बताइएको छ । विश्वकपको आगामी चरणका लागि रुस अगाडि बढेपछि रुसी फुटबल समर्थकहरूले ठूलो खुशियाली मनाएका छन् ।
आयोजक राष्ट्र रुसले पूवविश्वकप विजेता स्पेनलाई पेनाल्टीमा पुगेर ४–३ ले पराजित गरेको थियो । यसलाई विश्वकपमा रुसको ठूलो सफलताका रुपमा लिइएको छ ।
रुसको यस विजयपछि रुसका विभिन्न शहरका चोक चोकमा भेला भएर रुसी फुटबलप्रेमी युवायुवतीहरुले खुशियाली मनाइरहेका छन् ।
फुटबलको सर्वोच्च निकाय फिफाको मर्यादाक्रममा रुसको स्थान निकै तल थियो । यस अघिका विश्वकप प्रतियोगिताहरुमा उता स्पेनको भने उत्कृष्ट स्थान रहेको थियो ।
प्रतियोगिताको निर्धारित समय ९० मिनेट र थप ३० मिनेटमा समेत १–१ बराबरी गोल रहेको थियो । थप समयमा पनि गोल नभएपछि खेल ‘पेनाल्टी सुटआउट’ मा गएको थियो ।
रुसका गोलकिपर एकिनफिवमाथि रुसी समूहको विश्वास थियो । उनीहरुले आफूहरु टाइब्रेकरमा पुगेमा विजयी हुने विश्वास गरेका थिए ।
नभन्दै परिणाम पनि त्यस्तै आयो । उनले पेनाल्टी सुट पनि रोकिदिएका थिए । त्यसपछि समर्थकहरुले शुरु गरेको खुशिलायी देशका विभिन्न शहरमै फैलिएको थियो ।
रुस पहिलो पटक क्वाटर फाइनलमा पुगेका हो । आफ्नो घरायसी मैदानको फाइदा उठाएर हासिल गरेको यस जितको खुशियाली देशैभरि मनाइएका समाचारहरु विश्वका सञ्चारमाध्यमहरुमा आएको छ ।
पुडासैनी नेतृत्वको एनआरएनए यूकेको भर्चुअल बैठक: यी हुन् महत्त्वपूर्ण चार निर्णय
जापान यात्रा २०२५ : नागोयामा नेपथ्यको पहिलो कार्यक्रम सम्पन्न
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
दक्षिण अफ्रिकामा दोहोरो नागरिकता
नेपालमा विदेशी लगानीकर्ताको सहजीकरणका लागि अर्थ मन्त्रालयमा ‘फोकल युनिट’ स्थापना
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता