मस्को, १८ असार – रुसको राजधानी मस्कोमा जारी विश्वकप फुटबलमा आइतबार स्पेन र रुसबीच भएको खेलमा रुस विजयी भएपछि रुसभरि खुशियाली छाएको खबर छ ।
विश्वकप विजेता स्पेनलाई अप्रत्याशित रूपमा पराजित गरेपछि रुसमा खुशियाली छाएको बताइएको छ । विश्वकपको आगामी चरणका लागि रुस अगाडि बढेपछि रुसी फुटबल समर्थकहरूले ठूलो खुशियाली मनाएका छन् ।
आयोजक राष्ट्र रुसले पूवविश्वकप विजेता स्पेनलाई पेनाल्टीमा पुगेर ४–३ ले पराजित गरेको थियो । यसलाई विश्वकपमा रुसको ठूलो सफलताका रुपमा लिइएको छ ।
रुसको यस विजयपछि रुसका विभिन्न शहरका चोक चोकमा भेला भएर रुसी फुटबलप्रेमी युवायुवतीहरुले खुशियाली मनाइरहेका छन् ।
फुटबलको सर्वोच्च निकाय फिफाको मर्यादाक्रममा रुसको स्थान निकै तल थियो । यस अघिका विश्वकप प्रतियोगिताहरुमा उता स्पेनको भने उत्कृष्ट स्थान रहेको थियो ।
प्रतियोगिताको निर्धारित समय ९० मिनेट र थप ३० मिनेटमा समेत १–१ बराबरी गोल रहेको थियो । थप समयमा पनि गोल नभएपछि खेल ‘पेनाल्टी सुटआउट’ मा गएको थियो ।
रुसका गोलकिपर एकिनफिवमाथि रुसी समूहको विश्वास थियो । उनीहरुले आफूहरु टाइब्रेकरमा पुगेमा विजयी हुने विश्वास गरेका थिए ।
नभन्दै परिणाम पनि त्यस्तै आयो । उनले पेनाल्टी सुट पनि रोकिदिएका थिए । त्यसपछि समर्थकहरुले शुरु गरेको खुशिलायी देशका विभिन्न शहरमै फैलिएको थियो ।
रुस पहिलो पटक क्वाटर फाइनलमा पुगेका हो । आफ्नो घरायसी मैदानको फाइदा उठाएर हासिल गरेको यस जितको खुशियाली देशैभरि मनाइएका समाचारहरु विश्वका सञ्चारमाध्यमहरुमा आएको छ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा