
लन्डन । समकालीन साहित्य प्रतिष्ठान बेलायतको आयोजनमा बकिंघमसायरको कुम्ब हिलमा काव्य यात्रा सम्पन्न भएको छ । प्राकृतिक रुपमा सुन्दर र ऐतिहासिक महत्व बोकेको कुम्ब हिल नेपाली कविताका स्वरले गुन्जिएको थियो ।
उक्त काव्य यात्रामा डा. सुनील महर्जन, अजिता सिम्खडा, अभियान घिमिरे, मञ्जु न्यौपाने, सन्जु बजगाईं, विभाष सापकोटा, मिना महर्जन, राजेश्वरी घिमिरे, सुयश बजगाईं, मुकेश श्रेष्ठ, विजय सापकोटा, कृष्ण बजगाईं लगायतका श्रष्टाले कविता वाचन गरे ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष तथा साहित्यकार कृष्ण बजगाईंले
संस्थाको विगत क्रियाकलापबारे जानकारी दिए ।
उनले बेलायतका विभिन्न शहरमा आयोजना गरिने काव्य यात्राको उद्देश्यका बारेमा प्रकाश पार्दै डायोस्पोराबाट नेपाली साहित्यको प्रवर्धनमा यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताए । उनले काव्य यात्राका क्रममा वाचन गरिएका कवितालाई सङ्ग्रहको रुपमा तुरुन्त प्रकाशन गर्ने योजना रहेको समेत बताए ।
कवयित्री अजिता सिम्खडाले बेलायतमा सुरु गरिएको यो काव्य यात्राबाट आफू उत्साहित भएको बताउंदै यस्ता कार्यलाई निरन्तरता दिनु पर्ने बताइन् ।
काव्य यात्रा प्रथम श्रृंखलाका संयोजक तथा साहित्यकार विजय सापकोटाले कार्यक्रम सञ्चालन गरेका थिए ।
समकालीन साहित्य प्रतिष्ठानले विगत १२ वर्षदेखि नेपाली साहित्यको वेवसाइट समकालीन साहित्य डट कम सञ्चालन गर्दै आएको छ भने नियमितरुपमा नेपाली भाषाको अनुसन्धानमूलक जर्नल ‘प्रवासन’ र विभिन्न साहित्यिक पुस्तकहरु प्रकाशन गर्दै आएको छ ।
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा