
पेरिस, फ्रान्स, असार १६ – हरेक सात मधुमेहका कारक तत्वमध्ये वायु प्रदुषण पनि एक भएको सन् २०१६ को अमेरिकी अध्ययनले देखाएको छ । यसले दीर्घरोग विकास हुनसक्ने सम्भावनामा कम प्रभाव पार्ने देखिएपनि मधुमेह विकासमा कुनै न कुनै भूमिका भने खेल्ने अध्ययनले बताएको छ ।
मधुमेह खासगरी जीवनशैलीसँग सम्वन्धित खाना वा सन्तुलित आहार र शरीरलाई अधिक निष्क्रिय राख्ने बानीका कारण हुने बताइएपनि सेन्टलुइसस्थित वासिङ्टन यूनिभर्सिटी स्कूल अफ मेडिसिनले प्रदुषण पनि मधुमेहको मुख्य कारक रहने अध्ययनबाट देखिएको जनाएको छ ।
अध्ययनले अनुमान गरेअनुसार सन् २०१६ मा विश्वभर ३२ लाख मधुमेहका नयाँ विरामी प्रदुषणका कारण भएका छन् । यो उक्त वर्ष मधुमेहका विरामी सङ्ख्याको १४ प्रतिशत हो । “हाम्रो अनुसन्धानले वायु प्रदुषण र मधुमेहबीचको महत्वपूर्ण लिङ्क भेटाएको छ,” अध्ययन समूहका प्रमुख लेखक जियाद अल अलीले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदुषणले शरीरको इन्सुलिन उत्पादन गर्ने शक्तिलाई घटाइदिने गर्छ । यसबाट स्वस्थ शरीर कायम राख्नका लागि चाहिने रगतमा भएको ग्लुकोजको मात्रालाई शक्तिमा रूपान्तरण गर्नबाट रोक्छ ।”
लान्सेट प्लानेटरी हेल्थमा प्रकाशित अनुसन्धानले अमेरिकी वातावरण निकाय (इपिए) तथा विश्व स्वास्थ्य संगठनले सुरक्षित मानेको वायु प्रदुणणको मात्रामा पनि मधुमेहका लागि कारक मानिने प्रदुषणको तह भेटिने गरेको उल्लेख छ ।
यो महत्वपूर्ण छ किनकि धेरै उद्योगसँग सहकार्य गर्ने समूहले वायुप्रदुषणको अहिलेको तह मानवीय स्वास्थ्यका लागि उपयुक्त र प्रभावकारी मान्न सकिने बताएका छन् । उहाँले भन्नुभयो, “अहिलेको वायुको अवस्था आवश्यकता अनुसार सुरक्षित नभएको र यसलाई कडाई गर्नुपर्ने देखिएको तथ्यहरूले बताएका छन् ।”
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा