मस्को-विश्वकप फुटबलमा पहिलोपटक प्रयोग भएको कम्प्युटर प्रणाली भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) का सदस्यहरूले विश्वकप समूह चरणका विहिबारसम्म भएका खेलहरूमा जम्मा ३३५ घटनालाई जाँच गरेको र यसबाट ९९.३ प्रतिशत सही निर्णय दिन सफलता मिलेको अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले शुक्रबार जारी विज्ञप्तिमा जनाएको छ ।
फिफाले रसियामा जारी विश्वकप फुटबलका खेलहरूमा पहिलोपटक कम्प्युटर प्रणाली भिएआरको प्रयोग गरेको हो ।
भिएआर समूहले जम्मा ३३५ घटनालाई परीक्षण गरेको थियो ।
विश्वकपका सवै १२२ गोलहरू भिएआरले परीक्षण गरेको थियो भने उक्त प्रणालीको सहयोगमा यसको सहयोगमा जम्मा १२२ गोल भएका छन् र अन्य खेल अवधिमा लाइनक्रस, अफसाइड तथा खेलाडीका गतिविधि हेर्नका लागि प्रयोग गरिएका फिफा रेफ्री समितिका अध्यक्ष पियरलुइजी कोलिनाले शुक्रबार बताए ।
भिएआर प्रणालीको हस्तक्षेपका कारण निर्णय सच्चाइएका घटना भने जम्मा १४ वटा रहेका कोलिनाले जानकारी गराए । निरिक्षण भएका १४ घटनामध्ये तीन वटा मूल्याङ्कन रेफ्रीको कम्प्युटर मनिटर अगाडीको उपस्थितिविना नै गरिएको थियो भने अन्य मुल्याङ्कनमा रेफ्री आँफै स्क्रिन अगाडी बसेर हेरेको उनले बताए ।
रेफ्रीले भिएआर प्रणालीको सहयोग विना नै लिएका ९५ प्रतिशत निर्णय सही पाइएको थियो भने प्रणालीले निर्णयलाई थप प्रभावकारी बनाउँदा ९९.३ प्रतिशत नतिजा सही बन्न पुगेको फिफाको ठहर छ ।
अमेरिकी राष्ट्रपति ट्रम्प सहभागी ‘डिनर कार्यक्रम’ मा गोली चल्यो, संलग्नताको आरोपमा एक जना नियन्त्रणमा
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
अमेरिकी प्रतिनिधिमण्डल नआउँदै इरानी विदेशमन्त्री पाकिस्तानबाट फिर्ता
सुकुम्बासी आमाहरुको नाममा [कविता]
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषि र कमललाई
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]