भिएआर समूह चरणका ३३५ घटनामा ९९.३ प्रतिशत सही निर्णय दिन सफल

मस्को-विश्वकप फुटबलमा पहिलोपटक प्रयोग भएको कम्प्युटर प्रणाली भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) का सदस्यहरूले विश्वकप समूह चरणका विहिबारसम्म भएका खेलहरूमा जम्मा ३३५ घटनालाई जाँच गरेको र यसबाट ९९.३ प्रतिशत सही निर्णय दिन सफलता मिलेको अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले शुक्रबार जारी विज्ञप्तिमा जनाएको छ ।

फिफाले रसियामा जारी विश्वकप फुटबलका खेलहरूमा पहिलोपटक कम्प्युटर प्रणाली भिएआरको प्रयोग गरेको हो ।
भिएआर समूहले जम्मा ३३५ घटनालाई परीक्षण गरेको थियो ।

विश्वकपका सवै १२२ गोलहरू भिएआरले परीक्षण गरेको थियो भने उक्त प्रणालीको सहयोगमा यसको सहयोगमा जम्मा १२२ गोल भएका छन् र अन्य खेल अवधिमा लाइनक्रस, अफसाइड तथा खेलाडीका गतिविधि हेर्नका लागि प्रयोग गरिएका फिफा रेफ्री समितिका अध्यक्ष पियरलुइजी कोलिनाले शुक्रबार बताए ।

भिएआर प्रणालीको हस्तक्षेपका कारण निर्णय सच्चाइएका घटना भने जम्मा १४ वटा रहेका कोलिनाले जानकारी गराए । निरिक्षण भएका १४ घटनामध्ये तीन वटा मूल्याङ्कन रेफ्रीको कम्प्युटर मनिटर अगाडीको उपस्थितिविना नै गरिएको थियो भने अन्य मुल्याङ्कनमा रेफ्री आँफै स्क्रिन अगाडी बसेर हेरेको उनले बताए ।

रेफ्रीले भिएआर प्रणालीको सहयोग विना नै लिएका ९५ प्रतिशत निर्णय सही पाइएको थियो भने प्रणालीले निर्णयलाई थप प्रभावकारी बनाउँदा ९९.३ प्रतिशत नतिजा सही बन्न पुगेको फिफाको ठहर छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री