मस्को, १४ असार – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच हुने भनिएको शिखर वार्ताको मिति र स्थान बिहीबार सार्वजनिक गरिएको छ ।
लामो समयदेखि प्रतिक्षा गरिएको उहाँहरूको शिखर वार्ता आउँदो जुलाई महिनाको १६ तारिख फिनल्याण्डको हेलसिन्कीमा हुने भएको अधिकारीहरुले बताएका छन् ।
रूसको प्रमुख प्रशासनिक केन्द्र क्रेमलिनले बिहीबार सार्वजनिक गरेको वक्तव्यमा उहाँहरूको शिखर वार्ता, मिति र स्थानका बारेमा ट्रम्प र पुटिनसँगको परामर्श र सहमतिमा निर्णय भएको उल्लेख छ ।
वक्तव्यमा भनिएको छ, ‘अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका रुसी समकक्षी भ्लादिमिर पुटिन जुलाई १६ मा हेलसिन्कीमा दुई पक्षीय शिखर वार्ता गर्न सहमत हुनुभएको छ ।’
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक