मेरिल्याण्ड, १५ असार – अमेरिकाको मेरिल्याण्ड राज्यमा रहेको एउटा दैनिक पत्रिकाको कार्यालयमा शुक्रबार बिहान भएको गोली प्रहारमा परी कम्तीमा पनि पाँच जनाको ज्यान गएको छ ।
अरु केही घाइते भएका छन् । मेरिल्याण्ड प्रहरीले एउटा दैनिक पत्रिकाको कार्यालयमा भएको बन्दुक आक्रमणमा ती मानिस मारिएको जनाएको छ ।
मेरिल्याण्डको आनापोलिस भन्ने नगरमा रहेको क्यापिटल गजेट दैनिक पत्रिकामा सो आक्रमण भएको थियो । संदिग्ध हमलाकारीलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको बताइएको छ ।
हमलामा एकजना करिब ३० वर्षकोजस्तो देखिने श्वेत पुरुषको संलग्नता रहेको प्रारम्भिक अनुमान प्रहरीको छ । नियन्त्रणमा रहेको सो पुरुषले प्रहरीलाई सोधपुछको क्रममा असहयोग गरेको र आफ्नो पहिचान पनि नदिएको एक समाचारमा बताइएको छ ।
सो पत्रिकाको कार्यालयमा भएको आक्रमण पहिलेदेखि नै योजना बनाएको एक नियोजित कार्य हो भनिएको छ । क्यापिटल गजेट पत्रिकाका एकजना सम्वाददाताले आक्रमणकारीले लुकेर शिशाको ढोकाबाट गोली चलाएको भनेका छन् ।
उक्त पत्रिकाका अरु प्रत्यक्षदर्शी कर्मचारीहरुले गोली वर्षाएपछि कार्यालय भित्र आतंक मच्चिएको बताएका छन् । उनीहरुले बन्धुकधारीले शिशाको ढोकाको बाहिरबाट समाचार कक्षमा ताकेरै गोली चलाएको जानकारी दिएका छन् ।
उक्त नगरका प्रहरी प्रमुख बिल क्रम्फले जनाएअनुसार पत्रिकाको कार्यालयमा नियोजित रुपमा यस्तो गोली काण्ड गराइएको बताएका छन् ।
उनले भनेका छन्–’यसमा संलग्नताको आशङ्कामा एकजनालाई नियन्त्रणमा लिइएको छ र अनुसन्धान सुरु भएको छ ।’
मारिनेमा चार जना पत्रकार र एकजना बजार शाखाका सहायक स्तरका कर्मचारी रहेका प्रहरी प्रमुख क्रम्फले जानकारी दिए ।
उनले त्यहाँ रहेका अधिकांश कर्मचारीहरुलाई भने सकुशल उद्वार गरेर बाहिर निकालिएको बताएका छन् । ती गोली हान्ने व्यक्तिको पहिचान खुलाउन र के कति कारणले गोली हानेको हो भन्ने बारेमा पत्ता लगाउन प्रहरीले अनुसन्धान थालेको पनि बताएका छन् ।
केही सञ्चारमाध्यमले सो घटना उक्त पत्रिकाको आन्तरिक विवादका कारण उत्पन्न भएको अनुमान गरेका छन् भने अरु केहीले भने यसलाई आतङ्ककारी क्रियाकलाप पनि हुनसक्ने भनेका छन् ।
क्यापिटल गजेट भवनभित्र रहेका कर्मचारीहरूले भने उक्त पत्रिकामा हिंसात्मक आक्रमण गर्ने धम्की समाजिक सञ्जालमार्फत केही समयअघि आएको थियो भनेका छन् । तर कसले र किन यो धम्की दिएको हो भन्ने बारेमा भने उनीहरुले केही बताएका छैनन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सञ्चार संयोजक सेराह सेन्डर्सले हत्याको निन्दा गर्नुभएको छ । उहाँले निर्दोष पत्रकारहरूविरुद्धको आक्रमणले सिंगो अमेरिकालाई नै स्तब्ध बनाएको प्रतिक्रिया दिनुभएको छ ।
उहाँले यस आक्रमणमा संलग्नलाई आवश्यक कारबाही गर्नुपर्ने पनि बताउनुभएको छ । त्यसमा संलग्न भनिएको व्यक्ति म्येरिल्याण्ड निवासी र करिब ३० वर्षको भएको अनुमान गरिएको छ ।
तर यस बारेमा प्रहरीले केही बताएको छैन । उसले आक्रमणकारी प्रहरी नियन्त्रणमा रहेको र उसमाथि अनुसन्धान थालिएको मात्र बताएको छ ।
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
जापानकी पहिलो महिला प्रधानमन्त्री साने ताकाइची
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
नेकपा एमालेको ११ औँ महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण