लन्डन । नेपालीहरु उल्लेख्य रहेको रसमोर बरोस्थित अल्डरसट शहरमा नेपाली व्यवसाय खुल्ने क्रम दिनप्रतिदिन बढिरहेको छ । नेपालीले उक्त क्षेत्रमा प्राय गरि नेपालीलाई नै लक्षित गर्दै रेष्टुरेन्ट र ग्रोसरी व्यवसाय चलाएका छन् ।
पछिल्लो पटक तीन नेपाली युवाले सञ्चालन गरेको ‘ट्रुथ’ नामक ककटेल बार कयौं नेपाली व्यवसायमध्ये पृथक देखिएको छ ।
गत जुन ८ देखि सर्वसाधारणका लागि खुल्ला भएको उक्त ककटेल बार अल्डरसटमै ‘उत्कृष्ट’ रहेको र यसले नेपाली भन्दा बढि ब्रिटिश ग्राहकलाई आकर्षित गरिरहेको सञ्चालकको दावी छ । रसमोर मेयरले एक समारोहबीच बार उद्घाटन गरेका थिए । ‘ट्रुथ’ मा करिब ७० वटा विभिन्न ककटेल, टेबल सर्भिस, निशुल्क क्लक रुम सर्भिस र भिआइपी टेबल सर्भिस उपलव्ध छन् । बार टेण्डर र स्टाफ अनुभवी एवं स्थान सुरक्षित रहेको सञ्चालकले जनाएका छन् ।
तीन युवा उद्यमी दिपेश लामा, दिनेश श्रेष्ठ र सन्दिप पौडेलको साझेदारीमा अल्डरसट ९३ भिक्टोरिया रोडमा ककटेल बार सञ्चालनमा आएको हो ।
बार शुक्रबार र शनिबार डिजेसहित राती २ बजेसम्म खुल्छ भने अन्य दिन राती ११ बजेसम्म । अहिले ड्रिंक्समात्र पाइने भएपनि केही महिनापछि खाना समेत उपलब्ध गराइने एकजना सञ्चालक दिनेश श्रेष्ठले जनाए ।
थप जानकारीका लागि-
https://m.facebook.com/truthcocktailbar
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’