विदेशी ग्राहक आकर्षित गर्दै अल्डरसटको ‘ट्रुथ’ बार

लन्डन । नेपालीहरु उल्लेख्य रहेको रसमोर बरोस्थित अल्डरसट शहरमा नेपाली व्यवसाय खुल्ने क्रम दिनप्रतिदिन बढिरहेको छ । नेपालीले उक्त क्षेत्रमा प्राय गरि नेपालीलाई नै लक्षित गर्दै रेष्टुरेन्ट र ग्रोसरी व्यवसाय चलाएका छन् ।

पछिल्लो पटक तीन नेपाली युवाले सञ्चालन गरेको ‘ट्रुथ’ नामक ककटेल बार कयौं नेपाली व्यवसायमध्ये पृथक देखिएको छ ।

गत जुन ८ देखि सर्वसाधारणका लागि खुल्ला भएको उक्त ककटेल बार अल्डरसटमै ‘उत्कृष्ट’ रहेको र यसले नेपाली भन्दा बढि ब्रिटिश ग्राहकलाई आकर्षित गरिरहेको सञ्चालकको दावी छ । रसमोर मेयरले एक समारोहबीच बार उद्घाटन गरेका थिए । ‘ट्रुथ’ मा करिब ७० वटा विभिन्न ककटेल, टेबल सर्भिस, निशुल्क क्लक रुम सर्भिस र भिआइपी टेबल सर्भिस उपलव्ध छन् । बार टेण्डर र स्टाफ अनुभवी एवं स्थान सुरक्षित रहेको सञ्चालकले जनाएका छन् ।

तीन युवा उद्यमी बायांबाट क्रमशः दिपेश लामा, दिनेश श्रेष्ठ र सन्दिप पौडेल

तीन युवा उद्यमी दिपेश लामा, दिनेश श्रेष्ठ र सन्दिप पौडेलको साझेदारीमा अल्डरसट ९३ भिक्टोरिया रोडमा ककटेल बार सञ्चालनमा आएको हो ।

बार शुक्रबार र शनिबार डिजेसहित राती २ बजेसम्म खुल्छ भने अन्य दिन राती ११ बजेसम्म । अहिले ड्रिंक्समात्र पाइने भएपनि केही महिनापछि खाना समेत उपलब्ध गराइने एकजना सञ्चालक दिनेश श्रेष्ठले जनाए ।

थप जानकारीका लागि-

https://m.facebook.com/truthcocktailbar

प्रतिक्रिया

सम्बन्धित सामाग्री