लण्डन । नेपाली चलचित्रमा नामै काफी छ धिरेन शाक्य । एक जमानाका लोकप्रिय स्टार शाक्य अभिनित लण्डनमा निर्माण गरिएको भिडियो सार्वजनिक भएको छ ।
सोनी कार्कीको शब्द, प्रमोद प्रसाईं र सोनीको स्वर एवं रिदम कंडेलको संगीत रहेको प्रेम गीत ‘जता हेर्छु केवल तिमी…’ मा नायक शाक्यले अभिनय गरेका हुन् । उनलाई अभिनयमा इनास ग्लोबलकी वरिष्ठ उपाध्यक्ष कमला दाहालले साथ दिएकी छिन् । हाल जर्मनी बस्ने कमलाले तामिल, नेपाली र हिन्दी केही सिनेमामा पनि अभिनय गरेकी थिइन् ।
उक्त भिडियोमा निर्देशन, छायांकन र सम्पादन संचारकर्मी कुशल श्रेष्ठ तथा डिजाइनर अन्जली केसी र कोरियोग्राफी प्रभु गुरुङको छ । निर्देशक श्रेष्ठले बेलायतमै रहेर दुई दर्जन बढी भिडियो निर्माण निर्देशन गर्नुका साथै नेपाली चलचित्रको प्रवर्धनमा समेत योगदान दिंदै आएका छन् ।
लन्डनको मुटु लन्डन टावर ब्रीज, ग्रीनवीच आदि क्षेत्रमा छायांकन गरिसके पछि नायक शाक्यले प्रतिक्रिया दिए, ‘प्राविधिक पक्ष तथा निर्देशकीय हिसाबले लन्डनमा पनि कुनै कमी देखिनँ ।’ धिरेनले बेलायतमै एउटा फिल्म निर्माण गर्ने आफ्नो इच्छा पनि सुनाए ।
भिडियो यस्तो बनेको छ-
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी