लन्डन , १२ असार – बेलायतका विदेशमन्त्री बोरिस जोनसोन सोमबार अफगानिस्तान पुग्नुभएको छ । विदेशमन्त्री जोनसोनले सोमबारै अफगानिस्तानका राष्ट्रपति असरफ गनिसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।
सो भेटका क्रममा अफगानिस्तानले गरिरहेको आतङ्कवादका विरुद्धको सङ्घर्षका साथै अन्य द्विपक्षीय हितका विषयमा कुराकानी भएको बताइएको छ ।
सो भेटका क्रममा अफगानिस्तानका राष्ट्रपति गनिले हालैमात्र मुस्लिम समुदायको रमजानको अवसरमा सरकारी तर्फबाटै सुरुमा युद्धविरामको घोषणा गरी शान्ति प्रक्रियाको प्रयास भएको जानकारी दिएको बताइएको छ ।
राष्ट्रपति गनिले तालिबानलाई पनि युद्धविरामलगत्तै आफूले शान्तिवार्ताका लागि प्रयास गरेको तर उनीहरुले युद्धविरामको समयावधि नलम्ब्याइ हिंसा शुरु गरेको जानकारी सो भेटमा गराएको राष्ट्रपतिको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ