लन्डन , १२ असार – बेलायतका विदेशमन्त्री बोरिस जोनसोन सोमबार अफगानिस्तान पुग्नुभएको छ । विदेशमन्त्री जोनसोनले सोमबारै अफगानिस्तानका राष्ट्रपति असरफ गनिसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।
सो भेटका क्रममा अफगानिस्तानले गरिरहेको आतङ्कवादका विरुद्धको सङ्घर्षका साथै अन्य द्विपक्षीय हितका विषयमा कुराकानी भएको बताइएको छ ।
सो भेटका क्रममा अफगानिस्तानका राष्ट्रपति गनिले हालैमात्र मुस्लिम समुदायको रमजानको अवसरमा सरकारी तर्फबाटै सुरुमा युद्धविरामको घोषणा गरी शान्ति प्रक्रियाको प्रयास भएको जानकारी दिएको बताइएको छ ।
राष्ट्रपति गनिले तालिबानलाई पनि युद्धविरामलगत्तै आफूले शान्तिवार्ताका लागि प्रयास गरेको तर उनीहरुले युद्धविरामको समयावधि नलम्ब्याइ हिंसा शुरु गरेको जानकारी सो भेटमा गराएको राष्ट्रपतिको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा २२०० उडान रद्द, हजारौँ यात्रुहरू अलपत्र
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
एनआरएनएका श्रेष्ठ र केसी समूहबीच बृहत् एकता, ६ महिनाभित्र महाधिवेशन गरिने
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता