काठमाडौं-३२ वर्षपछि विश्वकप फुटबलमा इंग्ल्याण्डका लागि ह्यारी केनले ह्याट्रिक गरेका छन् । आइतबार फिफा विश्वकप २०१८ को समूह जीको खेलमा केनको हयाट्रिक प्रेरित इंग्ल्याण्डले पानामामाथि ६–१ को जित हासिल गरेको छ ।
यसअघि सन् १९८६ मा पोल्याण्ड विरुद्ध इंग्ल्याण्डका ग्यारी लिनेकरले हयाट्रिक गरेका थिए ।
यो जितसँगै इंग्ल्याण्ड अघिल्लो चरण प्रवेशको नजिक पुगेको छ । अब समूह चरणको अन्तिम खेलमा इंग्ल्याण्डले बेल्जियमको सामना गर्नेछ । बेल्जियम पनि दुई जित निकाल्दै अर्को चरण प्रवेशको नजिक रहेको छ ।
ह्यारी केनले पानामा विरुद्ध पहिलो हाफमै २ गोल गरेका थिए । उनले पहिलो गोल २२ औं मिनेटमा गरेका थिए भने पहिलो हाफको इन्जुरी समयमा अर्को गोल थपेका थिए ।
यस्तै, केनले खेलको ६२ औं मिनेटमा तेस्रो गोल गर्दै विश्वकपमा आफ्नो हयाट्रिक पूरा गरे । इंग्ल्याण्डबाट विश्वकपमा हयाट्रिक गर्ने तेस्रो खेलाडी बनेका केनले यो विश्वकपमा हयाट्रिक गर्ने दोस्रो खेलाडी बनेका छन् ।
यसअघि पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले स्पेन विरुद्ध खेलमा हयाट्रिक गरेका थिए ।
आफ्नो हयाट्रिकसँगै केन जारी विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष स्थानमा पुगेका छन् । उनले दुई खेलमा ४ गोल गरेका छन् । यस्तै, पोर्चुगलका रोनाल्डो र बेल्जियमका रोमेलु लुकाकुको ४–४ गोल गर्दै उनलाई पछ्याइरहेका छन् ।
जोन स्टोनिसले इंग्ल्याण्डका लागि थप २ गोल गरे । उनले खेलको ८ औं र ४० औं मिनेटमा गोल गरेका थिए । यस्तै, अर्को गोल भने जेस्सी लिनगार्डले गरे । उनले खेलको ३६ औं मिनेगमा गोल गरेका थिए । पानामाका लागि विश्वकपमा पहिलो गोल गर्ने क्रममा फिलिप बोयलले ७८ औं मिनेटमा गोल गरेका थिए । जुन गोल उसको खेलमा एकमात्र गोल बन्यो ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित