काठमाडौं-३२ वर्षपछि विश्वकप फुटबलमा इंग्ल्याण्डका लागि ह्यारी केनले ह्याट्रिक गरेका छन् । आइतबार फिफा विश्वकप २०१८ को समूह जीको खेलमा केनको हयाट्रिक प्रेरित इंग्ल्याण्डले पानामामाथि ६–१ को जित हासिल गरेको छ ।
यसअघि सन् १९८६ मा पोल्याण्ड विरुद्ध इंग्ल्याण्डका ग्यारी लिनेकरले हयाट्रिक गरेका थिए ।
यो जितसँगै इंग्ल्याण्ड अघिल्लो चरण प्रवेशको नजिक पुगेको छ । अब समूह चरणको अन्तिम खेलमा इंग्ल्याण्डले बेल्जियमको सामना गर्नेछ । बेल्जियम पनि दुई जित निकाल्दै अर्को चरण प्रवेशको नजिक रहेको छ ।
ह्यारी केनले पानामा विरुद्ध पहिलो हाफमै २ गोल गरेका थिए । उनले पहिलो गोल २२ औं मिनेटमा गरेका थिए भने पहिलो हाफको इन्जुरी समयमा अर्को गोल थपेका थिए ।
यस्तै, केनले खेलको ६२ औं मिनेटमा तेस्रो गोल गर्दै विश्वकपमा आफ्नो हयाट्रिक पूरा गरे । इंग्ल्याण्डबाट विश्वकपमा हयाट्रिक गर्ने तेस्रो खेलाडी बनेका केनले यो विश्वकपमा हयाट्रिक गर्ने दोस्रो खेलाडी बनेका छन् ।
यसअघि पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले स्पेन विरुद्ध खेलमा हयाट्रिक गरेका थिए ।
आफ्नो हयाट्रिकसँगै केन जारी विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष स्थानमा पुगेका छन् । उनले दुई खेलमा ४ गोल गरेका छन् । यस्तै, पोर्चुगलका रोनाल्डो र बेल्जियमका रोमेलु लुकाकुको ४–४ गोल गर्दै उनलाई पछ्याइरहेका छन् ।
जोन स्टोनिसले इंग्ल्याण्डका लागि थप २ गोल गरे । उनले खेलको ८ औं र ४० औं मिनेटमा गोल गरेका थिए । यस्तै, अर्को गोल भने जेस्सी लिनगार्डले गरे । उनले खेलको ३६ औं मिनेगमा गोल गरेका थिए । पानामाका लागि विश्वकपमा पहिलो गोल गर्ने क्रममा फिलिप बोयलले ७८ औं मिनेटमा गोल गरेका थिए । जुन गोल उसको खेलमा एकमात्र गोल बन्यो ।
बेलायतमा म्याग्दी संगठनको वार्षिक कार्यक्रम ‘मोना शुभकामना साँझ २०८३’ भव्य रूपमा सम्पन्न
अमेरिकी राष्ट्रपति ट्रम्प सहभागी ‘डिनर कार्यक्रम’ मा गोली चल्यो, संलग्नताको आरोपमा एक जना नियन्त्रणमा
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
अमेरिकी प्रतिनिधिमण्डल नआउँदै इरानी विदेशमन्त्री पाकिस्तानबाट फिर्ता
सुकुम्बासी आमाहरुको नाममा [कविता]
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
डा भगवान कोइराला नेतृत्वको काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ युकेमा च्यारिटी