पोखरा-प्रदेश नं ४ को नाम र राजधानी तय गर्न गठित समितिको प्रतिवेदन आइतबार प्रदेशसभामा टेबुल भएको छ । प्रतिवेदनमा पहिलो नम्बरमा प्रदेशको नाम ‘गण्डकी’ राख्न सुझाइएको छ । दोस्रोमा तमुवान–मगरात, तेस्रोमा गोरखा र चौथोमा धवलागिरि नाम राख्न सकिने सुझाव छ ।
गत जेठ २१ गते नामांकन तथा प्रदेश राजधानी सुझाव संकलन समितिले विभिन्न विकल्पसहितको प्रतिवेदन प्रदेशसभामा बुझाएको थियो ।
यसअघि नामांकन समितिले प्रतिवेदन बुझाए पनि नामको विषयमा छलफल नगराइएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले गत जेठ २६ र २७ गते दुईपटकसम्म बैठक अवरुद्ध गरेको थियो भने तेस्रो पटक अवरोध गर्न खोजिँदा मार्सल लगाएरै बैठक चलाइएको थियो ।
यसैबीच, प्रदेशको नाम तमुवान मगरात हुनुपर्ने माग राख्दै आएको तमुवान मगरात संयुक्त संघर्ष समितिले आज नदीपुरमा धर्ना दिएको छ ।
स्थानीय प्रशासनले नदीपुरदेखि प्रदेशसभास्थल र आसपासका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।
अर्को बैठक असार १७ गते दिउँसो १. ०० बजे बस्नेछ ।
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल