संयुक्त राष्ट्रसंघ, १० असार – इथियोपियाका नवनिर्वाचित प्रधानमन्त्री अविय अहमदलाई लक्ष्यगरी शनिबार गरिएको हत्या प्रयासको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले निन्दा गर्नुभएको छ ।
प्रधानमन्त्री अहमदको सम्मानमा शनिबार आयोजना गरिएको विजय जुलुसपछिको सम्बोधनका क्रममा आतङ्ककारी हमला भएको थियो । विष्फोटमा परी कैयौँ सर्वसाधारणको मृत्यु भएको थियो ।
इथियोपियाको राजधानी अदिस अबाबामा आयोजित रयालीपछि उहाँले दशौँ हजारको सङ्ख्यामा उपस्थित समर्थक तथा शुभेच्छुकहरुलाई सम्बोधन गर्ने क्रममा अकस्मात विस्फोटक पदार्थबाट आक्रमण भएको थियो ।
प्रधानमन्त्रीले सम्बोधन गर्ने क्रममा उहाँलाई नै लक्ष्य गरेर प्रहरीको पोशाकमा रहेका केही व्यक्तिले ग्रिनेड हानेका थिए । प्रधानमन्त्री भने सो आक्रमणबाट बच्नुभएको थियो ।
त्यसमा परी एकजनाको ज्यान गएको छ भने १०० जनाभन्दा बढी सर्वसाधारण घाइते भएका छन् । ‘यो कार्य कायरतापूर्ण रुपमा गरिएको छ र यसमा संलग्नहरुलाई कसैले पनि माफी दिने छैनन्’– महासचिवका तर्फबाट उहाँका प्रवक्ता स्टेफन डुजारिकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
जुलुसमा ठूलो सहभागिता रहेकोले त्यसलाई छायाँमा पार्ने उद्देश्यले विपक्षी समूहले विष्फोट गराएको हुनसक्ने यहाँको सरकारी समाचार संस्था फाना ब्रोडकास्टिङ कर्पोरेटले जनाएको छ ।
प्रधानमन्त्रीका रुपमा पद सम्हालेपछिको छोटो समयमा नै उहाँले सेना प्रमुख र गुप्तचर प्रमुखलाई बर्खास्त गर्नुभएको थियो । मानवअधिकार उल्लङ्घन गरेको भन्दै उहाँले इथियोपियाको सुरक्षा फौजको पनि आलोचना गर्नुभएको थियो ।
त्यसैले सुरक्षा निकायमा भएको फेरबदलबाट उत्पन्न असन्तुष्टिका कारण पनि यस्तो हमला भएको हुनसक्ने अनुमान कतिपयले गरेका छन् । तर यसको जिम्मेवारी भने कसैले लिएको छैन ।
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
जापानकी पहिलो महिला प्रधानमन्त्री साने ताकाइची
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
नेकपा एमालेको ११ औँ महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण