मंगलबार, असोज १३ २०७७ | Tue, September 29, 2020
नेपालको समय: ०८:५५ | UK Time: 04:10

ट्यूनिसियालाई ५–२ को गोल अन्तरले हराएपछि बेल्जियम अन्तिम १६ को नजिक

रासस/एएफपी
२०७५ असार ९ गते २३:४९

तस्विर एपी

मस्को, रूस, ९ असार – विश्वकप फुटबलको शनिबार भएको पहिलो खेलमा ट्यूनिसियाविरूद्ध ५–२ को फराकिलो अन्तरले जितेको छ ।

यससँगै बेल्जियम विश्वकपको अन्तिम १६ समूहभित्र पर्ने सम्भावना प्रवल भएको छ । अन्तिम १६ मा पर्न उक्त समूहको अझै एक खेललाई पर्खिनुपर्ने हुन्छ ।

शनिबारको खेलमा बेल्जियमका लागि इडेन हाजार्ड र रोमेलु लुकाकुले दुई दुई गोल र मिची बाट्सुयायीले एक गोलको योगदान गरेका छन् ।

ट्यूनिसियालाई बेल्जियमको शानदार प्रस्तुतिबीच पनि डाइलन ब्रोन र वाहवी खाज्रीले एक एक गोल गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक