ल्हासा, चीन, ८ असार – चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र तिब्बत सरकारका अध्यक्ष छिटालाबीच आज भेटवार्ता भएको छ ।
नेपाली प्रतिनिमण्डल र तिब्बत सरकारका अध्यक्षबीच इन्टरकन्टिनेन्टल कन्फेरेन्स सेन्टरमा आज भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले नेपालसँग सीमा जोडिएको चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सम्बन्ध अझ विशेष एवं ऐतिहासिक रहेको बताउँदै आगामी दिनमा नयाँ आधारमा सम्बन्धलाई थप प्रगाढ बनाएर लैजानुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री ओलीले राष्ट्रपति सि जिन पिङ र प्रधानमन्त्री लि खछ्याङसँग भएको भेटवार्ता र सहमतिका आधारमा नेपाल र चीनबीचको सम्बन्ध थप नयाँ उचाइमा पुगेको र तिब्बत सरकारसँगको सम्बन्धसमेत थप प्रगाढ बनेकामा खुशी व्यक्त गर्नुभएको थियो ।
ऐतिहासिक कालदेखि नै नेपाल तिब्बत सम्बन्ध रहेको भन्दै बदलिँदो अवस्थामा त्यसलाई अझ फराकिलो र मैत्रीपूर्ण बनाउँदै सहयोगका विविध आयाममा समेत एक अर्का पक्षले जोड दिँदै कार्यान्वयनमा लैजान उहाँले आग्रह गर्नुभयो ।
तिब्बत सरकारका अध्यक्ष छिटालाले नेपाल र तिब्बतबीचको सम्बन्ध आगामी दिनमा अझ समृद्ध बन्ने विश्वास व्यक्त गर्नुभएको थियो । तिब्बत सरकारका तर्फबाट नेपाललाई सधैँ सहयोग रहनेछ भन्दै छिटालाले आपसी हित र चासोका विषयलाई सम्बोधन गर्दै जाने विश्वास दिलाउनुभएको थियो ।
सो अवसरमा चीनको ‘एक क्षेत्र, एक मार्ग’लाई सघन कार्यान्वयनका लागि हिमाली सीमापार बहुआयामिक सम्पर्क सञ्जालको कार्य ढाँचाअन्तर्गत सडक, रेल, हवाई र सञ्चार सम्पर्कलाई व्यापक बनाउन दुई देश सहमत भएको विषय संयुक्त वक्तव्यमा समेत आएको छ भन्दै प्रधानमन्त्री ओली र अध्यक्ष छिटालाले कार्यान्वयनका लागि दुवै पक्ष मिलेर अगाडि बढ्न सहमत हुनु भएको थियो ।
यस्तै अन्तरदेशीय प्रसारण लाइन, तिब्बती राजमार्ग प्रयोगका विषयमा प्रधानमन्त्री तहमा भएको सहमति तथा पर्यटन प्रवर्धन, सीमा व्यवस्थापन तथा नेपालीलाई तिब्बत सरकारले दिएको सुविधा तथा अन्य विषयमा समेत सो अवसरमा छलफल भएको थियो ।
भेटवार्तामा प्रधानमन्त्री पत्नी राधिका, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलगायत नेपाली प्रतिनिधिमण्डलको सहभागिता थियो ।
प्रधानमन्त्री ओली र नेपाली प्रतिनिधिमण्डलको सम्मानमा अध्यक्ष छिटालाले आजै यहाँ रात्रिभोजको आयोजना गर्नुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन