वासिङटन, ९ असार – अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले दक्षिण कोरियासँगका दुईवटा सैन्य अभ्यास कार्यक्रम अनिश्चितकालका लागि रद्द गरिएको शुक्रबार घोषणा गरेको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिङ्गापुरमा भएको शिखर वार्ताको सफलतापछि यसैमा केन्द्रित भएर यो निर्णय गरिएको पेन्टागनका प्रवक्ताले जानकारी दिनु भएको छ ।
अमेरिकाले दक्षिण कोरियाली सेनासँग अगस्ट महिनाका लागि तय गरेको संयुक्त सैन्य अभ्यास स्थगित गरिएको घोषणा भएको हो ।
यसअघि अमेरिका र दक्षिण कोरियाले आफूहरूमाथि बाह्य आक्रमण गरिएको अवस्थामा त्यसको सामना गर्नका निम्ति संयुक्त सैन्य अभ्यास आवश्यक रहेको बताउँदै आएको थियो ।
गत जुन १२ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिङ्गापुरमा ऐतिहासिक शिखर वार्ता सम्पन्न भएको थियो ।
सो वार्ताको क्रममा अमेरिकाले दक्षिण कोरियासँग गर्दै आएको संयुक्त सैन्य अभ्यास रद्द गर्ने सहमति जनाएको थियो ।
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै