काठमाडौं-फिफा विश्वकप २०१८ को समूह ‘ई’ को आफ्नो दोस्रो खेलमा ब्राजिलले कोस्टारिकामाथि इन्जुरी समयमा २ गोल गर्दै नाटकीय जित निकालेको छ । शुक्रबार भएको खेलमा ब्राजिलले दुवै गोल इन्जुरी समयमा निकालेको थियो ।
खेलको ९१ औ मिनेटमा फिलिप काउटिन्होले ब्राजिलका लागि पहिलो गोल गरेका थिए । र, अन्तिम अर्थात इन्जुरी समयको ७ औं मिनेटमा नेयमारले दोस्रो गोल गर्दै ब्राजिललाई २ गोलको जित दिलाए ।
यसअघि पहिलो खेलमा ब्राजिलले स्वीजरल्याण्डसँग बराबरी खेलेको थियो । जसका कारण ब्राजिल आजको खेल जित्नैपर्ने दबाबमा थियो । खेल अवधिभर अधिकांश समय बल आफ्नो कब्जामा राखेको ब्राजिलले गोल भने गर्न सकेको थिएन ।
ब्राजिलको जितसँगै अंक तालिकामा २ खेलबाट ४ अंक भएको छ । कोस्टारिका भने दोस्रो हारसँगै समूह चरणबाट बाहिरिने सम्भावना बढेको छ ।
अब ब्राजिलले अन्तिम खेलमा १३ असारमा सर्वियासँग खेल्नेछ ।
तमु धीं यूकेले थाल्यो ‘त ल्हो’ ल्होछार उत्सव-२०२५ को तयारी
चाम्सको नयाँ चलचित्र ‘सुम्निमा’ मा नवअभिनेत्री सोल गुरुङ
खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा