काठमाडौं-फिफा विश्वकप २०१८ को समूह ‘ई’ को आफ्नो दोस्रो खेलमा ब्राजिलले कोस्टारिकामाथि इन्जुरी समयमा २ गोल गर्दै नाटकीय जित निकालेको छ । शुक्रबार भएको खेलमा ब्राजिलले दुवै गोल इन्जुरी समयमा निकालेको थियो ।
खेलको ९१ औ मिनेटमा फिलिप काउटिन्होले ब्राजिलका लागि पहिलो गोल गरेका थिए । र, अन्तिम अर्थात इन्जुरी समयको ७ औं मिनेटमा नेयमारले दोस्रो गोल गर्दै ब्राजिललाई २ गोलको जित दिलाए ।
यसअघि पहिलो खेलमा ब्राजिलले स्वीजरल्याण्डसँग बराबरी खेलेको थियो । जसका कारण ब्राजिल आजको खेल जित्नैपर्ने दबाबमा थियो । खेल अवधिभर अधिकांश समय बल आफ्नो कब्जामा राखेको ब्राजिलले गोल भने गर्न सकेको थिएन ।
ब्राजिलको जितसँगै अंक तालिकामा २ खेलबाट ४ अंक भएको छ । कोस्टारिका भने दोस्रो हारसँगै समूह चरणबाट बाहिरिने सम्भावना बढेको छ ।
अब ब्राजिलले अन्तिम खेलमा १३ असारमा सर्वियासँग खेल्नेछ ।
मे १० मा आयरल्यान्डमा नेपाली दूतावास लन्डनको घुम्ती सेवा शिविर [सूचनासहित]
बेलायतमा म्याग्दी संगठनको वार्षिक कार्यक्रम ‘मोना शुभकामना साँझ २०८३’ भव्य रूपमा सम्पन्न
अमेरिकी राष्ट्रपति ट्रम्प सहभागी ‘डिनर कार्यक्रम’ मा गोली चल्यो, संलग्नताको आरोपमा एक जना नियन्त्रणमा
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
अमेरिकी प्रतिनिधिमण्डल नआउँदै इरानी विदेशमन्त्री पाकिस्तानबाट फिर्ता
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
डा भगवान कोइराला नेतृत्वको काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ युकेमा च्यारिटी