मस्को-विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार भएको पहिलो खेलमा डेनमार्क र अष्ट्रेलियाले १–१ बराबरी खेलेका छन् । विश्वकपको समूह ‘सी’ को आफ्नो दोस्रो खेलमा डेनमार्कका लागि क्रिष्टियन इरिकसनले खेलको सातौँ मिनेटमा नै गोल गरेर खाता खोलेका थिए ।
तर त्यसको प्रतिउत्तरमा ३८ औं मिनेटमा अस्ट्रेलियाका मिल जेडिनकले गोल गरेर बराबरी गराए । त्यसपछि खेल अवधिभरी पटक पटक दुवै पक्षबाट गोल गर्ने प्रयासहरु भएपनि गोल थप्न नसकेपछि खेल एक एकको बराबरीमै सीमित भएको हो ।
यस पटकको विश्वकपको पहिलो खेलमा फ्रान्ससँग २–१ ले पराजित भएको अस्ट्रेलियाले डेनमार्कसँग बराबरी गर्न सफल भएकाले अघिल्लो चरणको सम्भावना जिवितै रहेको छ । डेनमार्कले भने आफ्नो पहिलो खेलमा पेरुलाई १–० ले पराजित गर्न सफल भएको थियो ।
बिहीबार नै समूह ‘सी’ कै दोस्रो खेल राति पौने ९ बजे पेरु र फ्रान्स भिड्न लागेका छन् । पहिलो चरणमा डेनमार्कसँग पराजित भएको पेरुलाई फ्रान्स पनि कडा चुनौती हुने अनुमान गरिएको छ । फ्रान्सका खेलाडीले यसअघिको खेलमा अष्ट्रेलियालाई पराजित गरेका थिए ।
बिहीबारको तेस्रो खेल अझ रोचक हुने अनुमान गरिएको छ । राति पौने १२ बजे चर्चित खेलाडीहरू सहभागी अर्जेन्टिना र क्रोएसियाका बीचमा प्रतिश्पर्धा हुने भएकाले थप चासोका साथ प्रतिक्षा गरिएको छ । अर्जेन्टिनाका क्याप्टेन लियोनल मेस्सीका कारण पनि यो खेल धेरैले प्रतिक्षा गरेका हुन् ।
अर्जेन्टिनाले पहिलो राउण्डमा आइसल्याण्डसँग बराबरी खेल्दै १ अंक बटुलेको छ भने क्रोएसियाले नाइजेरियालाई हराउँदै ३ अंक बनाएको छ ।
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ